news and more entertainment

के यौनसम्पर्कले दुब्लाइन्छ ? यौनसम्पर्क पछि मेरो पिसाब पोल्छ भने छाती पनि दुुख्छ !

म ३१ वर्षीय विवाहित हुँ । मलाई दिनहुँ यौन सम्पर्क गर्न मन लाग्छ । यसले के कस्तो असर पु–याउन सक्छ ? यौनसम्पर्क पछि मेरो पिसाब पोल्छ भने छाती पनि दुुख्छ । मेरी श्रीमती पनि दुब्ली छिन् । यौनसम्पर्कले गर्दा हो कि किन हो ? हामीले मोटाउन के गर्नुपर्छ ?
यौन सम्पर्क कति ?

व्यक्ति अनुसार यौन चाहना फरक भएजस्तै उनीहरुको यौन क्रियाकलापमा संलग्नता पनि फरक फरक हुन्छ र यो स्वाभाविक हो । यौनसम्पर्कको सन्दर्भमा पनि कसैले धेरै पटक यौन सम्पर्क राख्छन् भने कसैले थोरै । आफू तथा आफ्नो यौन जोडीलई असजिलो नहुने स्थितिमा चाहेजति यौन सम्पर्क गर्न सकिन्छ, तर पनि सामान्यतः मानिसलेृ कति यौनसम्पर्क गर्छन् भन्ने सन्दर्भमा कुरा गरौ ।

सामान्यतः धेरैजसो व्यक्तिले हप्तामा यस्तै २ दशमलव ५ पटक यौनसम्पर्क राख्छन् । विवाहको तुरुन्तै पछि जोडीले अलि बढी नै यौनसम्पर्क राख्छन । विवाह गरेको पहिलो वा दोस्रो वर्षसम्म एक दिनमा एकपल्ट यौनसम्पर्क राख्नेहरु बढी हुन्छन् । त्यसपछि भने यो क्रम हप्तामा २ देखि ३ पटकमा झर्छ अनि वयस्क जीवनको लामो समयसम्म कायम रहन्छ । विस्तारै प्रौढ अवस्थामा पुगेपछि भने त्यसमा कमी आउछ ।
यौन सम्पर्कपछि पिसाब फेर्दा किन पोलेको होला ?
यौन सम्पर्क पछि मुलनलीमा सूक्ष्म चोट लागेको हुनसक्छ र विशेष गरेर वीर्य स्खलन पछि पिसाव फेर्दा त्यसको अम्लीयपनले मूत्र नलीमा केही पोलेजस्तो अनुभव हुन्छ । यसरी पोल्ने क्रम केही समयपछि आफै कम हुन्छ । तपाईले अन्य कुनै लक्षण छ छैन केही लेख्नु भएको छैन । अन्य समयमा पनि यसरी पोल्छ कि पोल्दैन केही नलेख्नुभएको ले यसै भन्न सक्ने कुरा भएन ।
मुत्रनलीको शोथ, मूत्रथैलीको शोथ, यौनरोग, पौरुष ग्रन्थिको संक्रमण जस्ता कतिपय स्थितिमा पनि यौनसम्पर्क पछि पिसाब पोल्न सक्छ । यौनसम्पर्क गर्दा सामान्य रुपमा छाती दुख्नुपर्ने कारण हुदैन । अन्य केही लक्षण देखिएको छ कि छैन तपाईले केही बताउनुभएको छैन । एकपटक यो विषयमा चिकित्सकलाई देखाउनुहोला ।
के यौनसम्पर्कले दुब्लाइन्छ ?
सामान्यतः उचाइअनुसारको तौल छ कि छैन भनेर हेर्न बडी मास इन्डेक्स प्रयोग गरिन्छ । यो इन्डेक्स यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । यो २५ देखी २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने त्यो ३० भन्दा बढी भएको स्थितिमा मोटो भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम बीएमआई भएको व्यक्तिलाई कम तौल भएको भनिन्छ ।
तपाईले श्रीमती पनि दुब्ली भन्नुभएको छ अर्थात तपाईहरु दुवैको तौल कम छ । तपाई र तपाईकी श्रीमतीको उचाई र र्तौल थाहा भएको भए त्यो कति कम छ भन्न सकिन्थ्यो । सामान्यतः पोषणको स्थिति ठीक नहुनु नै आवश्यक रुपमा तौल नहुनुको कारण हुन्छ । त्यसबाहेक कुनै शारीरिक तथा मानसिक विरामी भएको स्थितिमा पनि तौल सामान्यभन्दा कम हुन सक्छ । यो तपाईहरुलाई नै राम्रोसँग थाहा हुने कुरा हो, त्यसैले यस विषयमा पनि ध्यान पु–याउनुहोला, तर यौनसम्पर्क गर्नुलाई नै दब्लाउने आधार मान्न सकिदैन । यो कार्यमा सामान्य व्यायाम गरेजति नै शक्ति खर्च हुन्छ र यसको सुखानुभूतिले तौलमा सकारात्मक असर नै पार्छ । यौन सम्पर्क र त्यसपछि वीर्य स्खलन हुदा धेरै नै शक्ति जान्छ भन्ने सोच हाम्रो समाजमा व्याप्त छ । वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकोले नै यसले पर्याप्त महत्व पाएको छ । यो शक्ति आफैमा ठुलो तथा महत्वको छ । पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई उसको शारीरिक क्रियाकलाप हेरी १८०० देखी २२०० क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति खर्च हुन्छ ।
तपाईलाई आफनो र श्रीमतीको तौल निकै कमजस्तो लाग्छ भने पोषणको स्थिति सुधार्नका साथै एकपल्ट चिकित्सकसग पनि सल्लाह गर्ने कि? पोषणको स्थिति सुधार्न पर्याप्त शक्तिबद्र्धक भोजन गर्नुपर्छ । खाएको शक्ति क्यालोरीमा नापिन्छ । हामीले खर्च गर्ने शक्तिको तुलनामा बढी खान सकियो भने मोटाईन्छ । बढी शारिरीक परिश्रम गर्ने व्यक्तिलाई बढी शक्ति चाहीन्छ । आफनो शारीरिक क्रियाकलाप हेरी यस्तै २२०० जति वा केही बढी शक्ति भएको खाना खाए तौल बढाउन सहयोग मिल्छ । तपाईले व्यायाम नगरी तौल बढाउने योजना बनाउनुभएको छ भने त्यसलाई राम्रो मान्न सकिदैन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget