news and more entertainment

आमाले गरिन् तीन वर्षे छोराको हत्या


एजेन्सी–३४ वर्षिया एक आमाले मुक्का हानेर आफ्नो तीन वर्षीय छोरालाई मारेको स्वीकारेकी छन् । बेलायतको एडिनवर्गमा बस्ने रोसदिप एडेकोयाले छोरा मिकाइल कुलरलाई मुक्का हानी मारेको स्वीकार गरेकी हुन् ।
रेष्टुरेन्टबाट घर फर्कदा छोरा विरामी भएकोमा रिस उठेपछि मुक्का प्रहार गरेको,भित्तामा ठोकाएको,व्याटले बर्बर तरिकाले कुटेको बताएकी छन् । उनले छोरालाई घिसारेर नुहाउने ठाउँमा लगी धारामा राखेर हिर्काएकी थिइन् । उनको कुटाइबाट आन्तरिक चोटका कारण कुलरको दुई दिनपछि मृत्यु भएको थियो ।
बच्चा मरेपछि उनले शवलाई सिरकको खोलमा बेरेर सुटकेसमा राखी २५ माइल टाढा आफ्नी बहिनीको घरतिर रहेको जंगलमा लुकाएकी थिइन् । त्यसपछि उनले प्रहरीलाई आफ्नो बच्चा हराएको भनेर उजुरी दिएकी थिइन् ।
बच्चा हराएको उजुरीपछि एडिनबर्गका प्रहरी र स्वयंसेवीले कुलरको व्यापक खोजी गरेका थिए । शब भेटिन केही दिन लागेको थियो । कुलरको शरीरमा ४० भन्दा बढी चोट लागेका थिए ।
छोरा हत्या गरेपछि एडेकोयमाथि एडिनबर्गको उच्च अदालतमा अमानवीय हत्याको मुद्दा दायर भएको छ ।
यसअघि पनि पाँच सन्तानकी आमा एडेकोयाले आफ्ना सबै सन्तान छोडेर बाहिर खान जाने गरेको पनि खुलेको छ । उनले इन्टरनेटमा ‘एकबाहेक सबै सन्तानलाई माया गर्छु,एउटा छोरालाई माया गर्न कठिन भएको छ’ जस्ता प्रतिक्रिया पोष्ट गरेको खुलेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget