news and more entertainment

सलमानले १०० जना मुटुरोगी बच्चाको उपचार गर्ने

मुम्बइ, ईदको अबसरमा सलमान खानको फिल्म ‘किक’ लाइ ईदी मिलोस वा नमिलसो, तर बलिउडका दवंग खानले आफ्ना केही फ्यानहरूका लागी भने गिफ्ट दिने भएका छन । सलमानले ईदको अबसरमा यस्ता १०० जना बालबालिकाहरूको उपचार गर्ने घोषणा गरेका छन, जो मुटुको रोगसंग जुधिरहेका छन, जस संग यसका लागी उपचार खर्च समेत छैन । 
सलमानले ट्वीट गर्दै भनेका छन, ‘यदि फेसबुक र ट्विटरमा कसैका यस्ता बच्चा छन, जो मुटुको रोगसंग जुधिरहेका छन तर पैसाका कारण उपचार हुन सकिरहेको छैन भने बीइङ ह्यूमनको टीमले यस्ता १०० जना बालबालिकाहरूलाइ उपचार गर्नेछ ।’ 
यद्दपी, यस मेसेज पछि अर्को ट्वीटमा सलमानले भनेका छन – ‘झूटो नबोल्नु र बेवकूफ नबनाउनु ।’ पछि सलमानले एक अर्को ट्वीटमा यस्ता मानिसहरूले फेसबुक-ट्वीटर भन्दा एक मेल आईडी मार्फत यस्ता बचचाहरूको जानकारी मेल गर्न भनेका छन । सलमान आफ्नो फिल्म ‘किक’ मा पनि यस्तै बालबालिकाहरूको मद्दत गर्ने भूमिका गरेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget