news and more entertainment

पुरुष सेक्सका बारेमा दिनमा कति पटक सोच्दछन ?

(एजेन्सी)न्यूयोर्क, पुरुष सेक्सका बारेमा दिनमा कति पटक सोच्दछन होला ? केही मानिसहर पुरुष प्रत्येक सात मिनटमा सेक्सका बारेमा सोच्दछन, जबकि अन्य मानिसहरू भन्दछन कि धेरै जसो समय सोचिरहन्छन । तर सच्चाइ भने यो भन्दा भिन्न रहेको पाइएको छ । हालै गरिएको एक ताजा अध्ययनबाट के कुरा पत्ता लागेको छ भने पुरुषहरू औसत प्रतिदिन १९ पटक सेक्सका बारेमा सोच्दछन । 
ओहियो स्टेट युनिभर्सिटीका प्रमुख अनुसन्धानकर्ता टेरी फिशरका अनुसार यद्दपी यस कुरालाइ भने अहिले अध्ययन गर्न सकिएको छैन कि उनीहरू यस्तो बिचार कति समयको अबधि सम्म गर्ने गर्दछन अनुसन्धानकर्ताहरूले द एटलान्टिकमा प्रकाशित एक रिपोटमा भनेका छन कि कुनै व्यक्तिको विचारलाइ बुझ्नु कठिन काम हो, यसका लागी चाहे जुनसुकै प्राविधिक तरिकानै किन नअपनाइयोस । ओहियो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले एक जना मानिसलाइ एउटा क्लिकर दिए र त्यसमा आफ्नो अनुभवका आधारमा तीनवटा बटनहरू मध्ये कुनै एकलाइ क्लिक गर्न भने ।

यी तीन वटा बटनहरू सेक्स, फूड, स्लीप का थिए । अनुसन्धानमा सहभागी मानिसहरल् यी तीन बिषयमध्ये जसका बारेमा पटक पटक विचार उत्पन्न हुन्छ, त्यससंग सम्बन्धित बटन दबाए । अध्ययनको परिणामबाट के पत्ता लागेको छ भने एक जना व्यक्ति औसतमा एक दिनमा १९ पटक सेक्सका बारेमा सोच्दछ । 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget