news and more entertainment

आमा बन्दैछिन् कट्रिना कैफ !

बलिउडमा बार्बी गर्लको नामबाट चर्चित कट्रिना कैफले आफ्नो अभिनयबाट दर्शकहरुलाई मन्त्र मुग्ध बनाएकी छिन् ।


धेरैजसो फिल्ममा उनले एक युवतीको नै भुमिका निर्वाह गर्दै आएकी छिन् । तर अब खबरका अनुसार कट्रिना कैफ आमाको भुमिका निभाउँदै छिन् । फिल्म निर्देशक सुजय घोषले आफ्नो आगामी फिल्मका लागि कट्रिनालाई आग्रह गरेका छन् ।

एक म्यागजिनका अनुसार, कट्रिना चाँडै नै एकल आमाको भुमिका निभाउन सक्छिन् । घोषको यो चलचित्र जापानी नोभल ‘द डिभोसन अफ सस्पेक्ट एक्स’ मा आधारित हुनेछ । अवगत गराउँन चाहन्छौँ, सुजय घोषले आफ्नो फिल्महरुमा नायिकाहरुलाई विशेष स्थान दिने गर्दछन् ।

विद्या वालनद्वारा अभिनित फिल्म ‘कहानी’ दर्शकहरुले निकै रुचाएको फिल्ममा गनिन्छ । यो फिल्मको निर्देशन घोषले गरेका छन् । यस्तो अवस्थामा एकपटक फेरि घोषले दर्शकसामू एउटा नयाँ फिल्म लिएर आउने भएका छन् ।

 तर अब यो हेर्नु छ कि प्रशंसकहरुलाई उनको यो नयाँ अवतारले कतिको आकर्षित गर्ने गर्दछ । यद्यपी अहिलेसम्म सुजय अथवा कट्रिनाको तर्फबाट कुनै आधिकारी जानकारी भने आएको छैन । (एजेन्सी)

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget