news and more entertainment

रौतहटमा नाबालिका बलात्कृत

रौतहट , साउन १०–रौतहटस्थित एकजना अधबैंसे उमेरका मानिसले आफ्नो नातिनीको उमेरकी नाबालिकालाइ बलात्कार गरेका छन् । स्थानिय प्रेमपुर गोनाही गाबिस वडा नम्बर ८ उचिडिहटोलकी १४ बर्षिया मुस्लिम समुदायकी नाबालिकाल बलात्कृत भएकि हुन् ।शुक्रवार अपरान्ह साढे तिन बजे गाँउ छेउको सिसौ घारीमा कामगर्न गएकोबेला स्थानिय ५० बर्षिय रसिद अन्सारीले नाबालिकालाइ बलात्कार गरेको पिडितले बताएकी छिन ।

पिडित नाबालिकाले शनिवार इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरुी दिएको प्रहरी निरिक्षक प्रतित शिंह राठौरले बताएका छन् ।पिडित नाबालिकाको चन्द्रपुर प्राथमिक स्वास्थ्यकेन्द्रमा मेडिकल जाँच भइसकेको र घटनामा संलग्न अन्सारीको खोजी भइरहेको निरिक्षक राठौरले जानकारी दिएका छन्,घटना लगतै आरोपी अन्सारी फरार भएको प्रहरीले जनाएको छ ।#रातोपाटी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget