news and more entertainment

१५ वर्षीया किशोरीले आफ्नै साथीको हत्या गरिन्..

नागासाकी,११ साउन । सेसेबो नागासाकी प्रहरीले आज आइतबार एक १५ वर्षीया छात्रालाई हत्या अभियोगमा पक्राउ गरेको छ । ती छात्रामाथि आफ्नै कक्षाका साथीको हत्या गरेको अभियोग लगाइएको छ ।


प्रहरीका अनुसार अभियुक्तले आइवा मतत्सुवा नामक १५ वर्षकै आफ्नै कक्षाका सहकर्मीलाई शनिवार ८ बजे आफ्नै अपार्टमेन्टमा बोलाएकी थिइन् । त्यही बेला अभियुक्तले पछाडिबाट १० पटक भन्दा बढी धारिलो हतियारले प्रहार गरीउनको हत्या गरेको प्रहरीको दाबी छ । त्यसपछि ठूलो चक्कुको सहारामा अभियुक्तले उनको टाउको काटेर शरीरबाट अलग गरेकी थिइन् । त्यतिले मात्र नपुगेर उनको देब्रे हात समेत काटेर अलग गरिदिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।


राति ११ बजेसम्म पनि छोरी घर नआएपछि मृतकका बाबुआमाले प्रहरीलाई खबर गरेका थिए । उनले घरबाट निस्कने बेला साथीको घरमा जान लागेको बाबुआमालाई जानकारी गराएकी थिइन् । प्रहरीले उनको शब आज विहान अभियुक्तको ओछ्यानबाट बरामद गरेको हो ।
ती १५ वर्षीया अभियुक्तले किन आफ्नै साथीको त्यसरी हत्या गरिन् ? भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget