news and more entertainment

रेडियो स्टेशनका आफ्नै सहकर्मिको व्लुफिल्म बनाएपछि थुनामा

साउन-१३, काठमाडौं । 
साइवर क्राइम बाट बिभिन्न मुद्दामा धेरै मानिस थुनामा परेको पाईन्छ । साइवर मुद्दामा यतिवेला दुई पत्रकार थुनामा छन् । समाचारपत्रका लेखनाथ अधिकारी र ललितपुर शाखाका सदस्य मन्त्रायको प्रोजेक्टमा काम गर्ने गोकर्ण भट्टलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिरहेको छ ।
सोझा स्वभावका पत्रकार अधिकारी व्यापारी पशुपति मुरारकालाई जन नेपाल नामक फेसबुक पेजबाट धम्काएको आरोपमा पक्राउ परेपछि सञ्चारकर्मीहरु आश्चर्यमा परेका छन् । त्यस्तै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको एक प्रोजेक्टमा काम गर्ने भट्ट सरकारी डकुमेन्टहरु दुरुपयोग गरेको आरोपमा सिआईबीको थुनामा छन् ।
यी दुईभन्दा अझ फरक किसिमको मुद्दा ललितपुरका एक पत्रकारले खेपिरहेका छन् । आफ्नै अफिसमा काम गर्ने एक युवतीको ब्लुफिल्म बनाएको आरोपमा एफएमका मेनेजर थुनामा परेका छन् । आफ्नै कार्यालयकी पुर्वकर्मचारीका गोप्य तस्वीरहरु खिचेर व्लाकमेलिङ गरेको आरोपमा पर्यावरणसम्बन्धी नारा लिएर स्थापना भएको इसिआर एफएमका मेनेजर अष्टमान महर्जन पक्राउ परेका हुन् । पाँच दिनअघि उनलाई महानगरीय प्रहरी बृत सातदोबाटोले पक्राउ गरेको आजको दृष्टि साप्ताहिकमा खबर छ ।

स्रोतका अनुसार सोही कार्यालयमा कार्यरत एक तामाङ थरकी युवतीलाई उनले नांगो फोटो र भिडियो खिँचेर व्ल्याकमेलिङ गरेका हुन् । नांगा फोटा विदेशमा पठाउँदा पैसा आउने भन्दै उनले युवतीलाई होटलमा लगेर नंगाई फोटो र भिडियो खिचेका थिए । पटकपटक महर्जनले आफुालाई यौन शोषण गरेको युवतीको दावी छ ।

तस्बिरः सन्दर्भ मिलाइएको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget