news and more entertainment

राती सुत्न जानुअघि के गर्ने, के नगर्ने !

1. छिटो सुत्न नजाने । धेरै
छिटो सुत्न गयो भने
गहिरो निद्रा नपर्न सक्छ । सुत्न
जाने उपयुक्त समय भनेको राती १० वजे
देखि १०.३० सम्म हो ।
2. निदाउनको लागि मदिरा नपिउने ।
रक्सी पिउने गर्दा पनि गहिरो निद्रा नपर्ने र
वेला वेलामा निद्रा खुल्ने हुन्छ ।
3. सुत्न जानु भन्दा पहिले
चुरोट÷सुर्ती सेवन ग¥यो भने
मस्तिस्कमा एक
प्रकारको उत्तेजना वढाउँछ र
निद्रा आउन वाधा पार्छ । सुत्न जानु
भन्दा १÷२ घण्टा अगाडि यस्ता पदार्थ
प्रयोग नगर्दा निद्रा आउन सक्छ ।
4. भोकै सुत्न जानु राम्रो हुदैन । पेट
भोको भयो भने निद्रा लाग्दैन, सुत्नु
भन्दा अगाडि धेरै पानी पियो भने
पनि पिसाव लागेर उठ्नु पर्ने हुन्छ ।
5. नियमित शारीरिक व्यायाम
स्वास्थ्यको लागि राम्रो हुन्छ र
निद्रा पर्न पनि सहयोगी हुन्छ तर
एकदमै वढी शारीरिक व्यायाम भने गर्नु
हँुदैन ।
6. लेख्ने, पढ्ने वा कम्प्युटरमा काम
गरी राख्नु भएको छ भने सुत्नु
भन्दा पहिले करिव
आधा घण्टा जति काम गर्न छोड्नुहोस
र रिल्याक्स गर्नुस् ।
7. सकभर निद्राको लागि औषधी प्रयोग नगर्नु
राम्रो हुन्छ
। औषधी प्रयोग
नगरी नहुने भए एक
हप्ता वा त्यो भन्दा वढीको लागि प्रयोग
गर्नु हुदैन ।
8. सुत्नु भन्दा पहिले मनतातो दुध
पिउदा निद्रा लाग्न मद्वत गर्छ ।
9. सकिन्छ भने सुत्नु भन्दा एक डेढ
घण्टा पहिले मन तातो पानीले
नुहाउदा पनि शरीर रिल्याक्स हुन्छ र
निद्रा आउन सहयोग गर्छ ।
10. वेलुका निद्रा लागे पछि सुत्ने र
विहान निद्रा खुलेपछि उठ्ने
नियमित गर्नेहरुमा निदाउने र
निद्रा खुल्ने साइकल वनेको हुन्छ । सधैं
करिबकरिब एउटै समयमा सुत्ने र एउटै
समयमा उठ्ने गर्दा निद्रामा प्राय
समस्या आउँदैन । तर सधेै सुत्ने र उठ्ने
समय फरक गरिरहँदा निद्रा लाग्ने र
विहान जाग्ने साइकल विग्रिन्छ ।
एउटै समयमा सुत्ने भन्नाले एकदम
घडी मिलाउनु भने पर्दैन, भनौ १० वजे
सुत्ने प्लान छ भने
आधा घण्टा अघि वा आधा घण्टा पछि हुँदा फरक
पर्दैन तर कहिले १० वजे कहिले १२
वजे वा कहिले १ वजे सुत्न लाग्यो भने
सुत्ने नियमितता विग्रिन्छ । धेरै
मानसिक तनाव भएर वा विभिन्न
रोग लागेर निद्रा नलागेको हो भने
तनाव घटाउने र रोगको उपचार गर्नेतर्फ
लाग्नु पर्छ ।
डा. कपिलदेव उपाध्याय
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget