news and more entertainment

सलमानले आफ्नै अंगरक्षकलाई कुटे

बलिउडका 'हिरो' भनिने सेलिब्रेटी अभिनेता सलमान खानले आफ्नै अंगरक्षकलाई थप्पड हानेका छन् । उनले आफ्ना फ्यानहरुलाई दुर्व्यवहार गरेको भन्दै अंगरक्षकलाई चड्कन हानेका हुन् ।

बान्द्रास्थित मेहबुब स्टुडियोजमा फोटो शुट गर्ने क्रममा सलमान फ्यानहरुसँग रमाइलो कुराकानी गरिरहेका थिए । उनका फ्यान पनि अटोग्राफ लिन र तस्विर खिच्न ब्यस्त थिए । यत्तिकैमा आफ्ना अंगरक्षकले एक फ्यानलाई दुर्व्यवहार गर्दै भिडबाट पन्छाउन खोजेपछी सलमानको पारो चड्यो र उनलाई एक चड्कन लगाए ।

सलमानको नजिक जान चाहने फ्यानलाई पन्छाउन खोज्दा अंगरक्षकको हातले फ्यानको काँधमै लागेपछी सलमान रिसाएका थिए । उनले अंगरक्षकलाई चड्कन हानेर अव देखि यसो नगर्न भनेर चिच्याए ।
केही दिन अघि मात्र फोटोग्राफरहरुले दुर्ब्यवहार गर्ने भन्ने विवाद पछि फोटो पत्रकारले सलमानको बहिस्कार गरेका थिए । तर अहिले भने उनीसँग कुरा मिलाउन खोजिरहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget