news and more entertainment

यी ४ कुरा सम्भोग भन्दा पनि प्रिय लाग्छन्

सम्भोगको चाहना जो सुकै स्वस्थ मानिसमा हुन्छ र यो प्राकृतिक आवश्यकता हो । धेरैको सोचाइ र आम बुझाइ के छ भने मानिसले सम्भोगका लागि जे सुकै कुरा पनि त्याग्नसक्छ अर्थात् सम्भोग भन्ने चिज मानिसको पहिलो रोजाइको विषय हो । तर अध्ययनले यो कुरालाई गलत सावित गरेको छ । अध्ययनकर्ताहरुका अनुसार दुनियामा यस्ता केही विषय छन् जसका खातिर मानिसले सम्भोगलाई त्याग्न सक्छन् ।

१. निद्रा – अमेरिकाको बेटर स्लिप काउन्सिलका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार ८० प्रतिशत महिलाहरु आफ्नो पार्टनर सँग सेक्स गर्नभन्दा मस्त निद्रामा सुत्न बढि मन पराउँछन् ।

२. भोजन- साँच्ची कोही कोही मानिसले खाँदा पनि यस्तो आवाज निकाल्ने गर्छन् जुन सम्भोगका बेला निस्कन्छ । यसको खास कारण रहेछ । किनकी केही मानिस यस्ता हुँदा रहेछन् जसलाई सम्भोग भन्दा भोजन बढि चरम आनन्ददायी हुने रहेछ । टुडे तथा म्याच डट कमले गरेको अध्ययन अनुसार हरेक ३ जनामा एक जना अविवाहित युवायुवतीले सेक्स भन्दा चकलेट रोज्ने बताए । त्यस्तै अर्को एक अध्ययन अनुसार ४३ प्रतिशत क्यानाडियनले सेक्स होइन बाकोन खान पाए बाकोन नै रोज्ने बताए । ७५ प्रतिशत प|mान्सेली महिलाले सेक्स भन्दा भोजन आफ्नो प्राथमिकतामा पर्ने बताएका छन् । क्याडबरीले गरेको अध्ययन अनुसार आयरल्याण्डका ७० प्रतिशत महिलाले सेक्सलाई भन्दा चकलेटलाई बढि मन पराउँछन् ।

३. स्मार्टफोन- तपाइँले आफ्नो पार्टनरलाई नयाँ आइफोन वा अन्य स्मार्टफोन उपहार दिने सोँच बनाउनु भएको छ भने खबरदार । यसले तपाइँको यौन जिवन खल्बलिन सक्छ । अमेरिकामा गरिएको एक अध्ययन अनुसार युवायुवतीहरुमा स्मार्टफोन प्रति यस्तो लत बस्दै गएको छ की सेक्स लगायत जिवनका अन्य कुराहरु दोश्रो प्राथमिकतामा पर्दै गएका छन् ।


४. हस्तमैथुन – यौन पार्टनर हुँदाहुँदै पनि धेरै पुरुषहरु हस्तमैथुनमा रुची राख्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । सेक्स टोय निर्माता कम्पनी जिम्मी जेनका अनुसार पुरुष मात्र होइन अमेरिकाका ४१ प्रतिशत महिलाहरुले पार्टनरसँग सेक्स गर्नुभन्दा हस्तमैथुन गरेर आनन्द लिन मन पराउँछन् । सन् २०१२ मा भएको एक अध्ययन अनुसार ४३ प्रतिशत विवाहित भारतिय महिला पुरुषले हस्तमैथुनबाट आनन्द लिने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget