news and more entertainment

आमा बनिसकेपछि रोमान्स गर्न किन चाहँदैनन् महिला ?


धेरैजसो महिला आमा बनिसकेपछि उनीहरुको प्राथमिकता परिवर्तन हुने गर्दछ । बच्चालाई जन्म दिइसकेपछि महिला श्रीमानलाई रोमान्सको लागि समय दिन भ्याउँदैनन् । 

तर, कहिले सोच्नुभएको छ, यस्तो किन हुन्छ ? द हेल्थ साइटमा प्रकाशित खबरका अनुसार, यो विषयमाथि ब्रिटिश नन प्रोफिट एड्भाइजरी सर्भिसद्वारा गरिएको सर्वेक्षणमा पाइए अनुसार महिलाहरु बच्चालाई जन्म दिइसकेपछि कम्तिमा पनि ६ महिनाको सेक्स ग्याप राख्न चाहन्छन् र दोस्रो पटकको रोमान्सका लागि उनलाई कम्तिमा पनि यति नै समय लाग्ने छ । 

उक्त सर्वेक्षणमा भाग लिने १३ प्रतिशत महिला अर्थात आठमध्ये एक महिलाले बच्चाको जन्म दिइसकेपछि केहि समयसम्मका लागि सेक्सबाट टाढा रहने बताएकी छिन् । करिब ४५ प्रतिशत महिलाहरुको भनाई अनुसार बच्चाको जन्मपछि उनीहरु आफ्नो शरिरसँग असहज महसुस गर्दछन् । बच्चा जन्माइसकेपछि फिगर राम्रो नहुने भएका कारण उनीहरु सेक्सको लागि नाई भन्ने गरेको उनीहरु बताउँछन् । 

फिगरका साथसाथै उनीहरु थकान र अरु समस्याहरुका कारण पनि सेक्सबाट टाढै रहने गरेको पाइएको छ । ब्रिटेनका १३५० जना नयाँ आमाहरुमाथि उक्त सर्वेक्षण गरिएको थियो । (एजेन्सी)/ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget