news and more entertainment

के तपार्इं फेसबुक चलाउनु हुन्छ? भुलेर पनि यी कामहरू नगर्नुस

अहिलेको समाज अनलाइन बिना पानी विना को माछा झै हुन थालेको छ । जसरी अनलार्इन दुनियाँमा सामाजिक सञ्जालहरूको अाकर्षण दिनदिनै बढिरहेको छ त्यसरी नै अनेक प्रकारका अपराध र दुर्घटनाहरू पनि त्यतिकै रूपमा घटिरहेका छन।


अझ भन्ने हो भने फेसबुक सबैको जीवनको प्रमुख हिस्सा बनिसकेको छ । एक अर्काको सम्पर्क र सम्बन्ध विस्तारका लागि फेसबुक अहम् माध्यम बनेको छ ।

तर, फेसबुकमा आफ्नो सबै जानकारी दिनुपनि त्यति गतिलो मानिदैन । गोपनियता र सुरक्षाका दृष्टिले फेसबुकका केही कुराबाट भने सधैं चनाखो रहनु उचित हुन्छ । त्यस्ता चनाखो हुनेपर्ने फेसबुकका पाँच कुराहरु

१. फेसबुकमा आफ्नो जन्मदिनको सबै जानकारी नराख्नुहोला । हरेक जन्मदिनमा फेसबुकमा सन्देश आउँदा खुशी लाग्ने भएपनि सम्पूर्ण मिति नदिनु नै सही हुन्छ । जन्ममिति राख्दा जन्म दिन मात्र राख्नुहोला, कुन सालमा जन्मेको भनेर नराखे कै वेश ।

२. फेसबुकमा तपाईंको रिलेशनसिप पनि नखुलाएकै राम्रो । वैवाहिक अवस्थाबारे लखदा तपाईंलाई निगरानी गर्नेले तपाईंको विवाहबारे र परिवारबारे सहजै थाहा पाउन सक्छन् ।

३. फेसबुक चलाउँदा रहेको स्थान करेन्ट लोकेशन कहिल्यै पनि अपडेट नगर्नुहोला । यस्तो अपडेट गर्दा निगरानी गर्नेले तपाईंको हरेक समय र स्थानबारे जानकारी पाइरहेका हुन्छन् । विदा मनाउन कतै जानुभएको छ भने पनि फर्किसकेपछि मात्र फोटोहरु अपलोड गर्नुहोला ।

४. तपाईं घरमा एक्लै हुनुहुन्छ भने सो जानकारी फेसबुकबाट नदिनुहोला । हामीलाई हाम्रो स्टाटस कस कसले पढ्छन् भनेर जान्न सक्दैनौं । त्यसकारण खराव नियतका मानिसले तपाईंलाई फलो गर्न सक्छन् ।

५. आफ्नो बच्चाको तस्वीर अपलोड गर्ने प्रचलन अलि बढी नै छ । तर यो ठिक होइन । सकेसम्म बच्चाको फोटो अपलोड नगर्दा राम्रो हुन्छ । साथी, आफन्तलाई यस्ता फोटो ट्याग गर्नु पनि उचित हुँदैन

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget