news and more entertainment

चकलेटी नायक आर्यन सिग्दलेले यसरी मनाए इद...

काठमाडौ, साउन १४ – चकलेटी नायक आर्यन सिग्दलेले मंगलबार मुस्लिम धर्मावलम्बीहरुको ठूलो पर्व इदउल फित्र मनाएका छन् ।
चलचित्र ‘अलबिदा’ का निर्माता तथा कलाकार हसन राजा खानले आर्यन सहितका कलाकार, संगीतकार, प्राविधिक र पत्रकारलाई निवासमा बोलाएर बिशेष कार्यक्रम राखेका थिए ।
सिग्देलले नेपालका सबै मुसलमान समुदायलाई इद पर्वको शुभकामना पनि दिए । नेपालमा धार्मिक सहिष्णुता दरिलो रहेको बताउदै उनले एकले अर्काको चाडपर्वमा पनि रमाउन सक्नुपर्ने धारणा राखे ।
निर्माता तथा कलाकार हसन र आर्यनले एक आपसमा बधाई तथा शुभकामना आदान प्रदान गरे । इद पर्वले संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्वन गर्दै आपसी भाईचारा बढाउन मदत मिलोस् भन्ने धारणा उपस्थित कलाकारहरुले ब्यक्त गरे । त्यस्तै नेपाली चलचित्र क्षेत्रमा काम गर्ने अरु धेरै मुश्लिम समुदायका कलाकारहरुले पनि इदउल फित्र मनाएका छन् ।

रमजान पर्वको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट इदउल फित्र मनाउने प्रचलन रहिआएको छ । रमजान पर्वको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट इदउल फित्र पर्व मनाउने प्रचलन रहेको छ । मुस्लिम धर्मावलम्बीले ३० दिनसम्म उपवास बसेर रमजान पर्व मनाउने गर्दछन् । तिसौं दिनको साँझम चन्द्रमा देखिएपछि रमजान र उपवास समाप्त हुन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget