नयाँ दिल्ली (एजेन्सी)– फेसबुकमा बनाएको साथीले कथित रुपमा शोषण गरेका कारण
११ कक्षामा पढ्ने एक छात्राले घाँटीमा पासो लगाएर आत्महत्या गरेकी छिन् ।
छात्राले ६ पनाको सुसाइड नोट पनि लेखेकी छिन् जसका आधारमा पुलिसले मुख्य
आरोपीलाई पक्राउ गरेको छ । पुलिसले घटनाको छानविन गरिरहेको छ ।
घटना पश्चिमी कलकत्ताको बेहाला पार्नसारी इलाकाको हो । यहाँ बस्ने एक १७
वर्षीया छात्राले फेसबुकमा भएको शोषणसँग हार मानेर बुधबार आफ्नो कोठामा
आत्महत्या गरेकी छिन् । छात्राद्वारा लेखिएको सुसाइड नोटमा उनलाई आफ्नो
फेसबुक साथीले आत्महत्या गर्नका लागि उक्साएको आरोप लगाएकी छिन् ।
Post a Comment