बिबाह फोटोको प्रतियोगिता हुने
असार १२ बिहिबार,काठमाण्डौ। नेपाल फोटोग्राफर संघले ‘केपा बिबाह फोटो
कम्पोडिसन २०१४ ’आयोजना गर्ने भएको छ । बिबाह फोटोग्राफी गर्ने फोटो
ग्राफरको क्षमतालाई खुल्ला प्रतिस्पर्धाका रुपमा उतार्ने कोशिसका रुपमा
प्रतियोगिता आयोजना गर्न लागेको संघले बताएको छ । फोटो प्रदर्शनी समेत
गरिने कार्यक्रमले फोटो ग्राफरका क्षमता विकासमा सहयोग पुऱ्याउनुका साथै
सर्वसाधारणमा विवाह फोटोको महत्व कार्यक्रमले जगाउने बिश्वास आयोजकको छ ।
प्रोफेशनल स्टुडियो फोटोग्राफर तथा स्वतन्त्र फोटोग्राफरले भाग लिन पाउने
प्रतियोगितामा १ फोटोग्राफरले २ वटासम्म १० एण्ड १२ अथवा ८एण्ड १२ साईजमा
फोटो प्रिन्ट गरेर र सो फोटोका सिडी सहित फारम भर्नु पर्ने प्रावधान
राखिएको छ
Post a Comment