गुल्मी,असार१३– गए राती अर्घाखाँचीको भगवती गाविसमा आफ्नै दाजुले भाईलाई
कुटेर मारेका छन् । भगवती गाविस वडा नम्वर–१ का २२ वर्षिय रामलाल पाण्डेलाई
३२ वर्षिय आफ्नै दाजु भिमलाल पाण्डेले कुटेर गम्भीर घाईते बनाएपछि उनको
उपचारको क्रममा गएराति नै मृत्यु भएको हो ।
गुल्मीका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक राजेन्द्रप्रसाद
श्रेष्ठका अनुसार उनको तम्घास अस्पतालमा उपचारका क्रममा गएराति करिव ३ वजे
तिर मृत्यु भएको थियो ।
मृतकका फरार दाजु भिमलालाई प्रहरीले आज विहान करिव ८ वजेतिर रेसुङ्गा
नगरपालिकाको नेटा भन्ने स्थानबाट पक्राउ गरेको प्रहरी निरक्षक श्रेष्ठले
जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गुल्मी जिल्ला
प्रहरीलाई हुलिया सहित खोज तलासका लागि सहयोग गरी दिन आग्राह गरेपछि गुल्मी
प्रहरी तत्कालै निजलाई पक्राउ गर्न सफल भएको हो ।
ती दुई भाईबीच झगडाको कारण भने खुलेको छैन । अभियुक्त पाण्डेलाई जिल्ला प्रहरी कार्यालय, अर्घाखाँची पठाईने श्रेष्ठले बताए ।
प्रेम सुनार
ratopati
Post a Comment