१३ असार, आबुजा ।
नाइजेरियाकी चर्चित पप गायिका एदोकिए काइरियानले त्यहाँको अतिवादी संगठन बोको हरामले अपहरण गरेका २०० भन्दा बढी स्कुले छात्रा मुक्त गरेमा आफू आफ्नो कुमारित्व सुम्पिन तयार रहेको बताएकी छिन् ।
आफ्नो वेवसाइटमा आफूलाई राष्ट्रसंघको शान्ति दुतकोरुपमा उल्लेख गरेकी उनले भ्यागार्ड शो टाइम म्यागजिनलाई अन्तर्वार्ता दिँदै आफू अपहरित छात्राहरुलाई जोगाउनका लागि अस्तित्व सुम्पन पनि तयार रहेको बताएकी हुन् ।

नावालिक केटीहरुलाई फन्दामा पार्नु भन्दा आफू उनीहरुको ठाउँमा जान तयार रहेको उनले बताइन् ।
आफू अनुभवी र उमेर पुगेको ब्यक्ति भएको भन्दै आफू सबै कुरा सुम्पिन तयार रहेको उनको भनाइ छ । आफूले एक रातमा १० देखि १२ पुरुषसँग सुत्न परेपनि कुनै समस्या नरहेको उनले बताइन् । तर त्यसका लागि अपहरित छात्राहरुलाई भने छोड्नु पर्ने उनको भनाई छ ।
गत एप्रिलमा पनि काइरियानले आफू कुमारी रहेको घोषणा गर्दै आफ्नी आमालाई निजी जेट किनिदिनेसँग आफू प्रेम सम्बन्ध राख्न तयार रहेको बताएकी थिइन् ।
बोको हरामका नेता अबुबकार शेकाउले भने बोको हरामका बन्दी मुक्त नभए सम्म कुनै पनि केटी मुक्त नहुने प्रष्ट पारेका छन् ।
बोको हरामाले १ महिनाको अवधिमा २ सय भन्दा बढी स्कुले छात्रालाई अपहरण गरेर गोप्य स्थानमा पुर्याएको छ । उनीहरुको अवस्थाबारे कुनै जानकारी सार्वजनिक हुन सकेको छैन । बोको हरामका लडाकुले छात्राहरुलाई बलात्कार गरेको हुन सक्ने भन्दै चिन्ता ब्यक्त भैरहेको छ ।
Post a Comment