टेलिभिजनको पर्दामा झुम्मिने मानिसको मृत्यु चाँडै
चीनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार, अमेरिकन हार्ट असोसियसनका अनुसन्धानकर्ताहरुले तीन किसिमको सुस्त व्यवहार र सबैको कारणहरुः टेलिभिजन हेर्ने समय, कम्प्युटरमा काम गर्ने समय र सवारीसाधन चलाएको समयमा हुने मृत्युको खतराको बिचको सम्बन्ध पत्ता लगाउनका लागि स्प्यानिस युनिभर्सिटीका १३ हजार २८४ युवाहरुको मुल्यांकन गरिएको बताएको छ ।
एक दिनमा तीन घण्टाभन्दा बढि समय टेलिभिजन हेर्ने व्यक्तिको मृत्युको सम्भावना कम टेलिभिजन हेर्ने व्यक्तिको भन्दा दुई गुणा बढि हुने अनुसन्धानले बताएको छ । कम्प्युटरको प्रयोग अथवा सवारी साधन चलाउनमा बिताएको समय र सबै कारणबाट हुने अकाल मृत्युको उच्च खतराको बिच कुनै पनि महत्वपूर्ण सम्बन्ध नरहेको पनि उक्त अनुसन्धानले निष्कर्ष निकालेको छ ।
Post a Comment