नायिका रानी मुखर्जी बिहेपश्चात पहिलो पटक आफ्नो नयाँ चलचित्र ‘मर्दानी’को
ट्रेलर लञ्चमा सहभागी भइन् । उनले कार्यक्रममा मिडियासँग खुलेरै कुरा पनि
गरिन् । यशराज स्टूडियोमा भएको कार्यक्रममा रानी क्याजुअल पहिरनमा देखिएकी
थिइन् । रानीले ‘मर्दानी’मा आफू एक प्रहरीको भूमिकामा देखिएको बताइन् ।
रानीले बिहे पश्चात आफ्नो नामको पछाडि ‘चोपडा’ नराख्ने जनाएकी छिन् । उनले
आफ्नो थर ‘मुखर्जी’ परिवर्तन नहुने जनाइन् । प्रदिप सरकारको निर्देशनमा
बनेको यो चलचित्रले रानीलाई बलिउडमा कमब्याक गराउने आशा गरिएको छ ।
यसैबिच कार्यक्रममा नायिका रानीले बलिउडका कलाकार भिखारी भएको बताइन् ।
रानीले भनिन्, ‘हामी त भिखारी हौं । निर्माता-निर्देशकले जस्ता बिषय लिएर
आउँछन्, हामी त्यही बिषयमा काम गर्न तयार हुनुपर्छ ।’ तपाइले आफ्नो करिअरमा
नारी प्रधान सिनेमा किन गर्नु भएन भन्ने पत्रकारको प्रश्नमा रानीले
कलाकारहरु भिखारी भएको संज्ञा दिएकी हुन् ।
Post a Comment