news and more entertainment

राजेश हमालको पोखरामा हनिमुन

नेपाल जापान डट कम सम्बाददाता-
अभिनेता राजेश हमाल हनिमुन मनाउन पोखरा आएका छन् । उनी श्रीमती मधुका साथ तीन दिनदेखि पोखराको फेवाताल किनारस्थित वाटरफ्रन्ट रिसोर्टमा बस्दै आएका छन् । रिसोर्टमा बिहीवार भेटिएका हमालले पोखरा निकै सुन्दर सहर भएकाले हनिमुन यात्रा यहाँबाट सुरु गरेको बताए ।
विवाहको पर्सिपल्ट अस्ट्रेलिया गएर २५ दिन बसी ६ दिनअघिमात्र नेपाल आएका हमालले त्यो यात्रा हनिमुन यात्रा नभएको वताए । अस्ट्रेलियाको कार्यक्रम एक वर्षअघिदेखि नै तय भएकाले संयोगमात्र मिलेको उनले वताए ।
अस्ट्रेलिया जानुअघि नै हनिमुनका लागि जुन २४ देखि २७ सम्म पोखराको कार्यक्रम तय गरेको पनि हमालले सुनाए । हनिुमनका लागि विदेश होइन नेपाल नै उपयुक्त भएको उनले सुनाए । संगै बसेकी मधुको पनि उनको भनाईमा समर्थन जनाइन् । मधु दिदीभिनाजुसँग पहिलो पटक तीन वर्षअघि पोखरा आएकी रहिछन् । पोखरामा रहँदा हमाल जोडीले फेवातालका किनार, सराङकोटको आसपास र असारको महिनामा खेताको आलीआली डुलेको बताए ।आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।rajesh haal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget