१३ असार, बुटवल
बुटवल मा आफूले संरक्षण दिइरहेका एक होटल मालिकले किशोरीको बलात्कार गरेको रहस्य खुलेको छ । गरिबीको फाइदा उठाउँदै एक बालिकालाई लालन पालन गर्ने भन्दै आफ्नो घरमा ल्याएका एक होटल सञ्चालकले उनको यौनशोषण गरेको तथ्य खुलेको हो ।

बुटवल चाँदबारी चोकमा रहेको प्रदी होटलका सञ्चालक ५२ वर्षीय लेखनाथ भण्डारीले अन्दाजी १४/१५ वर्षीया किशोरीलाई यौनशोषण गरेको रहस्य सार्वजनिक भएको हो ।
यौनशोषणपछि ति किशोरीको पेटमा करिब तीन महिनाको बच्चासमेत रहेको बुटबल प्रहरीले बताएको छ । बुटबलको एक विद्यालयमा ६ कक्षामा अध्ययनरत ती बालिका अहिले बिचल्लीमा छिन् ।
ती किशोरी पछिल्ला दिनमा स्कुलमा झोक्रिएर बस्न गरेको देखेपछि शिक्षिकाले किशोरीलाई सोधखोज गरेका थिए । बिरामीजस्तै गरेर कक्षाकोठामा बसेकी किशोरीले आफ्नो पेटमा बच्चा भएको बताएकी थिइन् ।
उनले सबै कुरा शिक्षिकासँग बताएपछि मात्रै होटल सञ्चालकले यौनशोषण गर्दै आएको रहस्य खुलेको हो । उनले आफ्नो पीडा सुनाएपछि विदालयले इलाका प्रहरी कार्यालयमा उजुरी दिएको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
Post a Comment