एक रातमा छ घण्टा भन्दा कम सुत्ने व्यक्तिलाई खतरनाक डिप्रेसनको समस्या
आउने सक्ने एक अध्ययनले देखाएको छ । यस्तो समस्या खासगरी किशोरकिशोरी बढी
हुने अध्ययनको निष्कर्ष छ ।
केही जुम्लियाहरु सहितका किशोर–किशोरीलाई सहभागी गराई उनीहरुको सुत्ने समय र डिप्रेसनको समस्याबारे अध्ययन गरिएको थियो । अमेरिकाको युनिर्भसिटी अफ टेक्सास हेल्थ साइन्सले ४ हजार एक सय ७५ जना ११ देखि १७ वर्षका किशोर–किशोरीलाई सहभागी गराएर गरेको उक्त अध्ययनमा डिप्रेसनको मुख्यकारण छोटो समय निदाउनु देखाएको छ ।
‘अध्ययन गरिएकामा पर्याप्त निन्द्रको अभावमा सामान्य स्थिति असन्तुलन भइ डिप्रेसनको समस्या देखियो, किशोर अवस्थामा निन्द्रमा अझ बढी ध्यान दिनुपर्ने देखियो’ मुख्य अध्ययनकर्ता डा.रोवर्ट इ. रोवर्टसले भने ।
प्रत्येक रात करिब नौ घण्टा निदाउनेमा डिप्रेसनको समस्या आउन सक्ने सम्भावना अन्यमा भन्दा निकै कम २७ प्रतिशत मात्रै हुने अध्ययनको निष्कर्ष छ । ‘स्वस्थ्य निन्द्र शारीरिक, मानसिक र भावनात्मक हितको लागि आवश्यक छ’ अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनका प्रमुख डा. एम सफ्वानले भने । अध्ययनले वंशानुगत रुपमा डिप्रसनको समस्या आउने सम्भावना कम निदाउनेमा झन धेरै (५३%) हुने देखाएको छ । (एजेन्सी)
Post a Comment