काठमाडौं,असार१३– गायिका सुनिता दुलाल हमेसा व्यस्त हुन्छिन् । कार्यक्रमका
लागि विदेश गइरहने गायिकामा उनको नाम अग्रपंक्तिमा आउँछ । बिहीबार मात्रै
उनले कतारमा हुने कार्यक्रमका लागि सम्झौता गरिन् । तिजका लागि क्यानडा
जाने कार्यक्रम त पहिले नै तय भइसकेको छ । यस्तो व्यस्तताको बीचमा पनि उनी
सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको आफ्नै वेभसाइट सुनिता दुलाल
डटकम,फेसबुक,ट्विटर,गुगलप्लस र युट्यवमा पनि उनी अपडेट भइरहन्छिन् ।
सामाजिक सञ्जालमध्ये फेसबुकमा बढी सक्रिय हुने दुलाल फेसबुकमा भन्नेदेखि
बिहेका लागि सोझै प्रस्ताव गर्ने हैरान छिन् । भन्छिन्‘आइ लभ यु भन्नेदेखि
विहेका प्रस्ताव पनि म्यासेजमा आउँछन् । म सिंगल भएकिले यस्तो म्यासेज आउनु
स्वभाविक पनि हो ।’उनले यस्ता विहे र प्रेम प्रस्तावका म्यासेजको खोलो नै
लाग्ने गरेको बताउँदै त्यस्ता म्यासेजलाई आफुले बास्ता नगर्ने बताइन् । ‘म
अनावश्यक म्यासेजको वास्ता गर्दिनँ । कतिले मलाई एड मि भनेर पठाउनुहुन्छ ।
तर मैले व्यक्तिगत एकाउन्टमा सिमित साथीलाई मात्र एड गर्छु । कतिपयले लामो
कुरा लेखेर मयसेज गर्नुहुन्छ । त्यस्ता म्यासेजचाहिँ हेर्ने फुर्सद
हुँदैन’दुलाल भन्छिन् । आजको नयाँ पत्रिका दैनिकमा ‘फेसबुकबाटै बिहेको
प्रस्ताव राख्छन्’ शीर्षकमा उनीसँगको फेसबुक सम्बाद प्रकाशित भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
Post a Comment