सम्भोगका बेला छिमेकीलाई ब्युँझाउने गरी चर्को स्वर निकालेको अभियोगमा एक इटालियन पुरुषलाई ६ महिना जेल सजाय सुनाइएको छ ।
रोमियो नाम गरेका पुरुषविरुद्ध १२ छिमेकीले उजुरी दिएका थिए । रोमियोले आफ्नी प्रेमिकासँग सम्भोगका क्रममा हरेक राती चर्को आवाज निकालेर डिस्टर्व गरेको उनीहरुको उजुरीमा उल्लेख छ ।
उनीहरुको प्रेमालाप १ घण्टा बढि चल्ने गरेको र त्यसक्रममा उनीहरुले निकालेको आवाजले छिमेकीको निद्रा खल्बलिएको भन्दै उनीहरुले अदालतको ढोका ढकढकाए ।
४२ वर्षका रोमियाले भने छिमेकीको आरोपलाई अस्वीकार गर्दै आफ्नो ‘उत्कृष्ट सेक्स’ जीवनको डाहा लागेर उजुरी गरेको बताए । आफ्नो क्रियाकलाप हल्ला नभई भएको भन्दै उनले न्यायाधीशलाई कन्भिन्स गर्ने कोसिस गरेका थिए ।
तर, न्यायाधीशले भने छिमेकीहरुको माग जायज भएको भन्दै ती पुरुषलाई ६ महिनाको जेल सजायँ सुनाए ।
रोमियोले अदालतको आदेशविरुद्ध पुनराबेदन गर्ने बताएका छन् ।
Post a Comment