काठमाडौं,असार९– उच्चपदस्थ सरकारी कर्मचारीको काम कार्यालयमा भएको करोडौं
बजेट प्रक्रिया पुर्याएर बढीभन्दा बढी आफ्नो पोल्टामा हाल्ने मात्र हो ?
पर्यटनबोर्डंमा एकाधिकार मच्चाएर रजाईं गर्ने सुवास निरौलामाथि छानविनको
काम सुरु हुनासाथ एक महिनादेखि कार्यालयमै आएका छैनन् । यसैगरी महिला
आयोगमा सचिव भएर केही हजारदेखि लाखौं र करोडौं रकममा स्वार्थपुर्ण चलखेल
गरिरहेका शरद विष्टको मिलाएर खाने तरिका निरौलालाई सम्झाउने खालको छ । उनले
छोरीकी साथी सवितालाई सूचिकृत नगरिकन नै आयोगको वेभसाइट बनाउने नाममा
हजारौं रुपैयाँ दिइरहेका छन् । आयोगको वेबसाइट निर्माण गर्ने नाममा एक
वर्षदेखि दिइँदै आएको खर्चको रकम लाखौं पुगेपनि वेबसाइटमा भने न नवीकृत
हुन्छ न यसमा आयोगका महिनामा दुईपटकभन्दा बढी हुने कार्यक्रमका खबर र फोटा
नै राखिन्छन् । नियमित रुपमा अपडेट नै हुँदैनन् ।
वेबसाइट नबीकरण र हेर्न योग्य नभएपनि विष्टले सिमल सफ्टवेयर प्रालिका नाममा
सबितालाई मासिक २५ हजार रुपैया भेटी चढाइरहेका छन् । महिना मर्नासाथ सविता
कर्मचारीले तलब थापे झैं विल लिएर उनी हाजिर भइहाल्छिन् । कहलिएका
निर्माणकर्ताले बढीमा ५० हजारमा वेभसाइट निर्माण गरिदिने भए पनि बिष्टले
Post a Comment