एजेन्सी । न्यू गिनिबाट टाढाको एक गाउँमा रहने ट्रोबियान्ड जातिलाई महिलालाई निकै धेरै खुशी र सशक्त राख्ने जातिको रुपमा चिनिन्छ ।
यहाँ महिलाको आवतजावतलाई पुरुषले नराम्रो मान्दैनन् बरु उनले चाखहेमा पुरुषले यौन सम्पर्कका लागि निम्तो गर्नेछन् ।
अचम्मको कुरा त के भने महिलाले चाहेमा जति पनि पुरुषसँग संसर्ग गर्ने
अधिकार यहाँ छ । तर पुरुषलाई भने महिलामाथि जथाभावी गर्ने छुट छैन ।
महिलाले केटा खेलाउने र मस्त गर्नुलाई सो गाउँमा गलत मानिदैन ।
आइल्याण्ड अफ लभ
न्यू
गिनिको यस ट्रोबियान्ड आइल्याण्डलाई कोरिविना आइल्याण्ड पनि भन्ने गरिन्छ ।
यो पछिल्लो नामबाट अझ बढी चर्चित छ, जुन नाम ‘आइल्याण्ड अफ लभ’ हो ।
यहाँका मानिसहरु मौसमी पर्वहरु मनाउँछन् । यही पर्वहरुमा गरिने गतिविधिका आधारमा यसलाई आइल्याण्ड अफ लभको नामले चिनिएको हो ।
यस्ता पर्वमा महिलाहरु बाटोमा बसेर आउने जाने पुरुष पर्खेर बस्ने गर्छन् ।
यदी महिलालाई इच्छा लागेमा वा मन परेमा ती पुरुषलाई संसर्गका लागि
बोलाउँछन् । यस्ता पर्वमा राम्रो प्रदर्शन गर्नेलाई पुरस्कार समेत दिइने
गरिन्छ ।
नमाने पिसाब गरिदिन्छन्
यस जातिमा
जोकोही पुरुषले महिलाले गर्ने यौन प्रस्ताव अस्वीकार गरेमा महिलाले पुरुषको
शरीरमा पिसाब गरिदिने समाचार एजेन्सीले जनाएको छ । आफ्नो कुरा नमानेकोमा
रिसाएर उनीहरु पुरुषलाई पिसाबले भिजाइदिन्छन् ।
यसो गर्नु पनि यो समाजमा कुनै गलत कुरा भने होइन । महिलाहरु यस अधिकार शक्तिले सम्पन्न छन् ।
Post a Comment