गुल्मी, असार १२ - गाई मारेको अभियोगमा प्रहरीले गुल्मीको धुर्कोटवस्तु ३ का ३६ वर्षीय युवराज नेपालीलाई पक्राउ गरेको छ ।
नेपालीले धुर्कोटवस्तु ७ की सुमित्रा नेपालीले पाल्नका लागि किनेर ल्याएको
गाई बाटोमा बाँधेर राखेको अवस्थामा फेलापारी घर लगेर कोदालोले हानेर मारेका
थिए । सुमित्रा गाई बाटोको रुखमा बाँधेर नजिकैको विद्यालयमा पसेकी थिइन् ।
मदिरा सेवन गरेर आएका युवराजले बाटोमा गाई देखेपछि डोरी फुकाएर आफ्नो घरमा
लगेर कोदालेले टाउकोमा हानेर मारेपछि थुन काटेर खान लागेको अवस्थामा
पवित्राले फेला पारेकी थिइन् । आफ्नो गाई मारेको पाएपछि उनले प्रहरीलाई खबर
गरेकी थिइन् । प्रहरीले युवराजलाई बुधवार साँझ नै पक्राउ गरी थप अनुसन्धान
गरिरहेको प्रहरी निरीक्षक निशान्त श्रीवास्तवले बताएका छन् ।
Post a Comment