गौशाला:
महोत्तरीको बर्दिवासमा एक किशोरीको रहस्यमय मृत्यु भएको छ । मृत्यु हुनेमा
बर्दिवास गाविस–३ बस्ने केशव चौहानकी १५ वर्षीया छोरी समीक्षा चौहान रहेकी
इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । घरमा कोही नभएको बेला
विहिबार दिउँसो उनको शव झुन्डिएको अवस्थामा निजकै कोठामा बरामद भएको प्रहरी
निरीक्षक अशोक झाले बताए ।वुधबारमात्रै बुबा केशव जागिरको सिलसिलामा काभे्र गएका थिए भने आमा काम विशेषले घर बाहिर गएको बेला समीक्षाको शव झुन्डिएको अवस्थामा बरामद हुनुले निजको मृत्यु रहस्यमय भएको प्रहरीले अनुमान गरेको छ । उनी बर्दिवास बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन् ।
Post a Comment