news and more entertainment

गृहमन्त्रीलाई निर्वाचन आयोगको चेतावनी

पदीय हैसियत विर्सेर आचार संहिता उल्लंघन गरेको आरोप
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई चेतावनी दिएको छ।
 
आगामी असार ८ गते हुने उप निर्वाचनमा पदीय हैसियत विर्सेर उपप्रधान तथा गृह मन्त्री गौतमले संविधानसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारमा आफूले अघिल्लो निर्वाचनमा गरेका प्रतिवद्दता पूरा गर्ने नेकपा (एमाले) बर्दिया क्षेत्र नं १ का उम्मेदवार श्याम ढकाललाई विजयी गराउन अनुरोध गरेको व्यहोरा उल्लेख भएको पोष्टर बर्दिया जिल्ला निर्वाचन क्षेत्र नं १ का विभिन्न सार्वजनिक स्थान र निजी घरहरुमा टाँसिएको पाइएकोले उक्त कार्य तुरुन्त बन्द गरी यस्ता निर्वाचन आचार संहिता विपरित कुनै काम नगर्ने चेतावनी दिएको हो।
 

'नेपाल सरकारका मन्त्री तथा राजनीतिक नियुक्ति पाएका व्यक्तिले पदीय हैसियतको उपयोग गरी निर्वाचन प्रचार प्रसारको काममा संलग्न हुन नहुने भनी संविधानसभा सदस्य निर्वाचन आचारसंहिता ९संशोधन सहित०, २०७० को दफा ५९ मा उल्लिखित व्यवस्थाको स्पष्टतः प्रतिकूल भएको देखिँदा यस्तो कार्य गर्ने नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलाई त्यसरी टाँस गरिएका पोष्टरहरु तुरुन्त हटाउन लगाई अब आइन्दा सो आचार संहिताको प्रतिकूल हुने गरी कुनै किसिमको कामकारबाही नगर्न नगराउन सचेत गराउने र सोको जानकारी नेपाल सरकारलाई समेत गराउने। आयोगद्वार सोमबार विज्ञप्तिमा भनिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget