असार ४ ,रुकुम - घरमै सुत्केरी भएर जुम्ल्याह शिशु जन्माएको ८ घण्टामै एक
सुत्केरीको मृत्यु भएको छ। पूर्वी रुकुमको रुकुमकोट गाविस २ कि १८ बर्षीया
गीता रावत केसीको मृत्यु भएको हो।
नवजात शिशुमा एक छोरा र एक छोरी छन्। उनीहरुको अवस्था भने सामान्य नै रहेको
छ। सुत्केरी भएपछि अत्याधिक रक्तश्राव नरोकिएपछि उनको मृत्यु भएको जिल्ला
अस्पताल रुकुमले जनाएको छ। घरमै सुत्केरी भएको र रक्तश्राव नरोकिएपछि
अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। रक्तश्राव नरोकिएको र वेहोस
भएपछि उपचारको लागि अस्पताल खलंगामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको
जिल्ला अस्पतालका डाक्टर मनबहादुर केसीले जानकारी दिए। जिल्ला अस्पताल
रुकुममा जटिल अप्रेसन गरेर प्रसुती सेवा सञ्चालन भए पनि जोखिमपूर्णरुपमा
बच्चा जन्माउँद दुःखद् स्थिति आएको केसीको भनाई छ।
केसीका पति भने रोजगारीको विदेश गएका छन्। पति विदेश गएको वर्ष दिन नपुग्दै पत्नीको मृत्यु भएको छ भने, नवजात शिशुको बिचल्ली भएको छ।
कमल थापा
Post a Comment