news and more entertainment

यूएईमा कार्यरत नेपाली कामदारका लागि खुसीको खबर

 ३, असार काठमाडौं । अरबको मरुभूमीमा ४५ डिग्रीभन्दा माथि तापक्रम गर्मीमा काम गर्न बाध्य नेपाली कामदारका लागि खुसीको खबर छ । त्यहाँको सरकारले गर्मी याममा घाममा काम गर्ने विदेशी कामदारलाई मध्यान्ह छुट्टी अनिवार्य गरेपछि हजारौं नेपाली कामदारले केही राहत पाउनेे भएका छन् ।
गल्फ न्युजका अनुसार युनाइटे अरब इमिरेट्सको श्रम मन्त्रालयले श्रमिकहरका लागि ‘मिड डे ब्रे’ अनिवार्य गरेको हो । युएइको श्रम मन्त्रालयले जारी गरेको नोटिसमा रोजगारदाता कम्पनीरुले मध्यान्ह १२.३० देखि ३ बजेसम्म साँढे दुई घण्टाको छुट्टी दिनुपर्नेछ । यो नियम विशेषतः निर्माण क्षेत्रमा काम गर्ने कामदारका हकमा अनिवार्य लागु हुनुपर्नेछ ।
तीन महिनासम्म रहने मिड डे ब्रेकको नियम सेप्टेम्बर १५ सम्म कायम हुने मन्त्रालयले जनाएको छ । मध्यान्ह छुट्टीका समयमा रोजगारदाताले कामदारहरुलाई शीतल ठाउँको व्यवस्था गरिदिनुपर्नेछ । यसका साथै रोजगारदाताले कामदारहरुको सुरक्षाका लागि उपयुक्त सुरक्षा प्रबिधि अपनाउनुपर्नेछ ।
युएइको श्रम मन्त्रालयले कामदारको दैनिक काम गर्ने समय ८ घण्टा भन्दा बढि हुन नहुने र थप काम गरेको घण्टाको हिसाबले ओभरटाइम अनिवार्य रुपमा दिनुपर्ने नियम पनि कडाइका साथ लागु गर्न चेतावनी दिएको छ ।
चीसो पानी र कागती अनिवार्य
युएइको श्रम मन्त्रालयले कम्पनीमा कार्यरत कर्मचारीलाई चीसो पिउने पानी, नुन तथा लेमन अनिवार्य उपलव्ध गराउन पनि कम्पनीहरुलाई निर्देशन दिएको छ । कामदारहरुको स्वास्थ्य परीक्षणका लागि फस्र्ट एड सुबिधान कम्पनीमै हुनुपर्ने र घामबाट जोगाउन छाताको व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
अत्यधिक गर्मीका कारण कामदारहरुको ज्यान जाने समस्या बढेपछि त्यहाँको सरकारले उनीहरुको सुरक्षाका लागि यस्तो उपाय निकालेको हो । त्यहाँ करीव ५ लाख नेपाली कार्यरत रहेको अनुमान छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget