स्थानीय प्रहरीका अनुसार ति किशोरी माथि सामुहिक बलात्कार हुँदा उनकी अर्की साथी त्यसै फ्ल्याटको अर्को कोठामा सुति रहेकी थिइन् जसले आफ्नो साथी माथि बलात्कार भएको केहि सुइँको समेत पाउन सकिनन् | पीडितले मंगलवार साँझ प्रहरीमा उजुरी दिएपछि मात्र ति ३ जनालाई पक्राउ गरिएको थियो | पक्राउ पर्नेमा साहिल, विक्की र गुलशन उर्फ बाबर नाम रहेका युवाहरु छन् जसको उमेर २० देखि तलमाथि रहेको मानिएको छ |
उनीहरु चारै जनालाई आफुहरुले नचिन्ने बताउने ति किशोरीहरु हाल १० कक्षामा अध्यनरत रहेको स्थानीय एक प्रहरीले बताए | साथै, पक्राउ परेकालाई प्रहरीले आफ्नो हिरासतमा राखेको छ भने ति दुई किशोरीलाई चिकित्सकीय जाँचका लागि सरकारी अस्पतालमा पठाइएको छ | ति किशोरीले आफु नशामा भएको अवस्थामा आफूमाथि बलात्कार भएको हुँदा उनीहरु विरुद्ध केहि प्रतिकार गर्न आफु असमर्थ रहेको पनि स्वीकारेकी छन् |

Post a Comment