news and more entertainment

फुटबल हेर्दै प्रेम प्रस्ताव

एजेन्सी । अमेरिकी जोडीले सोमबार ब्राजिलको विश्वकप स्मरणीय बनाएका छन् ।

अमेरिकाले घानामाथि २(१ ले जित हात पारेपछि ती जेनिफर बुजान र निक ब्रुसिचले प्याराफिटमै प्रेम प्रस्ताव राखेका छन् । अमेरिकाबाट ब्राजिल आउँदा दुवै जोडी साथिका रुपमा थिए ।

अमेरिका र घानाबीचको खेल सकेपछि ब्रुसिचले प्रेमिका जेनिफरलाई जीवनसाथी बन्न प्रस्ताव राखे । ब्रुसिचले जेनिफरको हात समात्दै आफ्नोतर्फबाट पहिलो प्रस्ताव राखे । जेनिफरले खुसीको क्षणमा सहजै ब्रुसिचको प्रस्ताव स्वीकार गरिन् ।

एक महिनापछि यी जोडी विवाह बन्धनमा बाँधिनेछन् । एजेन्सीका अनुसार अर्जेन्टिना र बोस्निया हजैगोभिनाबीचको प्रतिस्पर्धामा पनि एक जोडीले यस्तै प्रस्ताव राखेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget