news and more entertainment

ब्राजिल र मेक्सिकोबीचको खेल हेरिरहेको ठाउँमा बम आक्रमण, दर्जनौको मृत्यु

४ असार, नाइजेरिया ।
नाइजेरियामा फुटवल हेरिरहेका युवाहरुको समूहमाथि भएको आत्मघाती बम आक्रमणमा दर्जनौ मारिएका छन् । उत्तरी नाइजेरियाको योवको दमातरुमा ब्राजिल र मेक्सिकोबीच भएको खेल हेरिरहेका बेला भएको विष्फोटमा थुपै्र घाइते भएको बताइएको छ ।

 अधिकांश घाइतेको अवश्था समेत चिन्ताजनक रहेको उद्धारमा संलक्ष्न अधिकारीहरुले बताएका छन् । नाइजेरियामा पछिल्लो दिनमा इस्लामिक विद्रोही संगठन बोको हरामले श्रृङ्खलाबद्ध आक्रमण गर्दै आएपछि प्रसासनले सार्वजनिक स्थानमा फुटवल हेर्न प्रतिबन्ध लगाएको थियो । बोको हरामले विश्वकप फुटवललाई पनि इस्लाम विरुद्धको अभियानको संज्ञा दिएको छ।


विष्फोटपछि प्रसासनले योवमा पनि संकटकाल घोषणा गरेको छ । यसअघि नै नाइजेरियाका दुई राज्यहरु बोर्नो र अडामावामा संकटकाल जारी भइसकेको छ। सन् दुई हजार नौबाट बोको हरामले उत्तरपूर्वी नाइजेरियामा गरेका आक्रमणमा दुई हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget