news and more entertainment

मन्त्रीले नै भने एमआरपी गुणस्तरहीन

  परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले नेपालमा वितरण भइरहेको मेसिन रिडेबल पासपोर्ट एमआरपी गुणस्तरहीन भएको स्वीकारेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन आइकाओ को नियमअनुुसार नोभेम्बर २४ २०१५ पछि एमआरपी अनिवार्य हुनेछ ।
यही चुनौतीका कारण उच्चमाग बीच पितरण भइरहेको एमआरपीलाई मन्त्री स्वंयले गुणस्तरहीन भनेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
’पानी पर्ने वित्तिकै एमआरपीका कागज काम नलाग्ने हुन्छ । त्यससलाई गुणस्तरीय बनाउनेबारे छलफल भइरहेको छ‘।
यौनहिंसा सम्बन्धी विश्व सम्मेलनमा भाग लिन हालै लन्डन आएका बेला मन्त्री पाण्डेले भने ।

उनले एमआरपीका पाना थोरै र कागज पनि पातलो भएकाले सुर्धाने प्रयत्न भइरहेको बताए । करिव २५ लाख थान हस्तलिखित राहदानी एमआरपीले विस्थापित गर्नुपर्ने अनुमान परराष्ट्र मन्त्रालयको छ । हालसम्म १० लाख एमआरपी बाँडिएको मन्त्री पाण्डेले जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget