माधव पनेरु, कास्की । तनहुँमा एक युवकले आफूसँग बिहे गर्न युवतीले नमानेपछि आफैलाई चक्कु प्रहार गरेका छन् ।
युवकले आफूले मन पराएकी युवतीले बिहे गर्न अस्वीकार गरेपछि आक्रोशमा आएर आफैलाई।चक्कु प्रहार गरेका हुन् ।
लमजुङ
बाँझाखेतका २६ वर्षिय दीपक रिमालले बिहे गर्ने प्रयास असफल भएपछि आफैंमाथि
छुरी प्रहार गरेको बताइएको छ । बिहेको तयारीमा रहेकी गोरखा पालुङटारकी
सोविता देवकोटा र उनको डुम्रेमा भेट भयो ।
दुबैले
एक अर्कालाई प्रेम गरेको दाबी गर्नेे देवकोटालाई आफैसंग बिहेको प्रस्ताव
भेटमा गरे । तर बिहेको तयारी गरि सकेकी देवकोटाले अस्वीकार गरिन् । आफू
साथी मात्र भएपनि उनले दवाव दिएपछि अस्वीकार गर्दा छुरी हान्न लागेपनि
भाग्यवस उम्किएको उनले बताइन् ।
स्थानीय
प्रेम होटलमा दुवैबीच बिहेको विषयमा विवाद चलेपछि आफूसंग बिहे नगरे कसैसंग
गर्न नदिने भन्दै रिमालले देवकोटामाथि छुरी हानेका थिए । तर उनले छुरीबाट
जोगिंदै भागेपछि रिमालले आफैंलाई छुरी प्रहार गरेको प्रत्यक्षदर्शीले
बताएका छन् ।
घाइते
रिमालको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको इलाका
प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजकुमार शिलवालले
जनाए ।
Post a Comment