news and more entertainment

४६ प्रहरीको सर्टिफिकेट नक्कली

 काठमाडौं–नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेर प्रहरी संगठनमा प्रवेश गरेका ४६ जनाको पहिचान गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खानेमा नेपाल प्रहरी र सशंस्त्र प्रहरीका समेत छन्। ४६ जनाको सूचीमा नेपाल प्रहरीकाको संख्या बढी छ ।

अख्तियारले प्राविधिक प्रहरी सहायक निरिक्षक रामचन्द्र पुरी, प्रहरी नायव निरिक्षक यज्ञज्योती ढुंगाना, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा रहेका गणेशबहादुर राउत, सिमा प्रहरी चौकीका माधवप्रसाद रिजाल, अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्डका विष्णुप्रसाद पाण्डे, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव निरिक्षक बलबहादुर विष्ट, महानगरीय प्रहरी बृत्त बालाजुका राजु सुवेदी, प्रहरी निरिक्षक गोपाल धमला, प्रहरी प्रधान कार्यालयका प्रहरी सहायक निरिक्षक देवेन्द्र केसी, प्रहरी निरिक्षक नरबहादुर विष्ट, प्रहरी सहायक निरिक्षक उर्दल गिरी, सशस्त्र प्रहरी गुल्मका प्रहरी सहायक निरिक्षक रामप्रसाद ढुंगाना नक्कली सर्टिफिकेटमा तानिएका छन्।

यसैगरी, इलाका प्रहरी कार्यालय जगातीपुरका प्रहरी नायव निरिक्षक धनबहादुर पुन, सशस्त्र प्रहरी निरिक्षक शंकर सिंह, प्रहरी हवल्दार धनन्जय खड्का र गोपालबहादुर खत्री, पूर्व प्रहरी नायव निरिक्षक खम्बबहादुर खड्का, प्रहरी नायव निरिक्षक ठाकुरप्रसाद शर्मा, प्रहरी सहायक निरिक्षक अग्रेज चौधरी, बालकृष्ण श्रेष्ठ, जनकराज भुषाल र रन्जनभक्त पौडेलले समेत नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको अख्तियारको दावी छ।

प्रहरी सहायक निरिक्षक अञ्जु लामीछाने, सशस्त्र प्रहरी निरिइाक तकमान महरा, प्रहरी नायव निरिक्षक रणबहादुर कुँवर, विना श्रेष्ठ, मेघराज रेग्मी, बालकृष्ण थापा, देवेन्द्रबहादुर कुँवर, धनबहादुर मल्ल,लिबहादुर खत्री, बिरबहादुर चन्द, कविराज कार्की, प्रहरी निरिक्षक जितेन्द्र भट्टराई, प्रहरी नायव निरिक्षक हरि गोविन्द पुरी, राजेन्द्रकुमार सिटौला, धमेन्द्र शाह, शिबहादुर थापा मगर, कृष्णबहादुर विष्ट र शुशिला राउत, प्रहरी सहायक निरिक्षक महिमन सिंह विष्ट, प्रहरी सहायक निरिक्षक ढकबहादुर क्षेत्री, प्रहरी हवल्दार भिमसेनकुमार श्रेष्ठ र नारायणप्रसाद अधिकारीमाथी समेत नक्कली सर्टिफिकेटको मुद्धा लागेको छ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget