news and more entertainment

सामुहिक बलत्कार पछी भिडियो फेसबुकमा

 असार ११

  भारतको उत्तप्रदेशमा फेरी पनी सामुहीक बलत्कारको घटना घटेको छ । मुजफर नगरमा घटेको सो घटनामा बलत्कारीहरुले महिलाको बलत्कार पछी सो को भिडीयो समेत खिचेर फेसबुकमा अपलोड गरेका थिए ।  घटनामा सङ्लग्न आठ आरोपी मध्ये ४ लाई गिरफ्तार गरीएको भारतीय सञ्चार माध्यमहरुको अनलाईन संस्करणमा उल्लेख छ । पिडित युवती बिस बर्षको रहेको प्रहरीलाई उद्धृत गर्दै ति सञ्चार माध्यमले जनाएका छन् ।

   घटनामा युवतीको साथी समेत संलग्न रहेको जनाईएको छ । तर घटना भने गत बर्ष अगस्त महिनाको हो । अपराधीहरुले घटनाको भिडियो केही दिन अघिमात्र फेसबुकमा अपलोड गरेका हुन । पिडितका अनुसार गत बर्ष अगस्त महिनाको एक राती आफ्नो साथीसंग खाना खान जान लाग्दा चार युवकहरुले बाटोमै रोकेर सो स्थानबाट बन्धक बनाएर पहिले देखी नै तिन युवा रहेको एउटा सुनसान स्थानमा लिएर गएका थिए । पछी पाँच जना मिलेर सामुहीक बलात्कार गरेको र तिन जनाले सो घटनालाई क्यामरामा रेकर्ड गरेको पिडितले बताएकी छन् ।

   घटना पछी बलत्कारीहरुले घटना सार्वजनीक गरे गंभिर परीणाम भोग्नुपर्ने धम्की दिएपछी उनले घटना सार्वजनीक गरेकी थिईनन् । तर अहिले फेसबुकमा घटना सार्वजनीक भएपछी बल्ल युवतीले प्रहरीलाई उजुरी गरेकी हुन । उजुरीको आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान थालेको र अन्य चार जनाको खोजी गरीरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget