काठमाडौं । भारतको डिआइडी लिटल मास्टरको विजेता बनेर चर्चामा रहेकी ११
वर्षीया तेरिया मगरलाई उपप्रधानमन्त्रीले सम्मान गर्ने भएका छन् ।
४० हजारलाई पछि पार्दै उपाधि जित्न सफल क्षमतावान तेरियालाई उपप्रधानमन्त्री प्रकाशमान सिंहको आथिथ्यतामा सम्मान गरिने भएको हो ।
बिववकै झन्डै १८ प्रतिशत जनसंख्या भएको क्षेत्रमा कडा प्रतिस्पर्धाबाट
सफलता हासिल गरेर राष्ट्रिय गौरव बढाएको भन्दै लुम्बिनी–कपिलवस्तु दिवस
अभियानले यही असार १३ गते सम्मान समारोह गर्न लागेको छ ।
सम्मान कार्यक्रममा तेरियाका नेपाली गुरु सुरेश सिन्चुरी र भारतीय गुरु ओमकारलाई निमन्त्रणा पठाइसकिएको अचियानले जनाउको छ ।
Post a Comment