news and more entertainment

श्रीमतीको यौनइच्छा भने घटेको छैन।

image.phpम उमेरले ६० को हाराहारी पुगें। श्रीमती ५८ की छिन्। ५० वर्ष पुगेपछि बिस्तारै यौन क्षमता घट्दै गएको अनुभूति हुन थालेको थियो। शारीरिक रूपमा लगभग यौन क्षमता सकिएझैं भएको छ। यद्यपि मनले भने त्यो कुरा स्वीकार गर्दैन। मलाई पहिले झैं यौनक्षमता आओस् भन्ने लाग्छ। आफूले आफैंलाई अब उमेर ढल्किसक्यो, म किन यस्तो सोच्छु भनेर सम्झाउँछु। यो पीडा बढ्दै गएको छ, तर कसैलाई भन्न सकिनँ। श्रीमतीको यौनइच्छा भने घटेको छैन। उनको इच्छा पूरा गरिदिन नपाउँदा पीडा पनि हुन्छ। यो पीडा हटाउने केही उपाय छ कि ?
बी
पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा यौनक्षमता पनि घट्दै जान्छ। विभिन्न अध्ययनबाट त्यसको पुष्टि भैसकेको छ। यसो भन्दैमा सबै पुरुषमा यो कुरा लागू हुन्छ भन्ने होइन। कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौन इच्छा कायमै राखेका हुन्छन्। यौनइच्छा नहुनुका पछाडि विभिन्न कारण हुन सक्छन्। विशेषगरी उदासिनता एवं चिन्ता छ भने यौनचाहना घट्दै जान्छ। इन्डोक्राइन हार्माेनको गडबडी वा कुनै औषधि लगातार रूपमा लामो समयदेखि खाइरहेको छ भने पनि यौन चाहनामा कमी आउँछ।
केही अध्ययनले पुरुषहरूमा ५० वर्षको उमेरपछि ०.४ देखि ०.८ प्रतिशतले टेस्टोस्टेरोन हार्मोन घट्दै गएका कारण यौन चाहनामा कमी आउने देखाएका छन्। अर्को अध्ययनका अनुसार जसले ६० नघिसकेपछि यौनचाहना बढी हुनु राम्रो होइन, असामान्य व्यवहार हो भन्ने विश्वास गर्नेहरूमा पनि यौनइच्छामा र्‍हास आउन सक्छ।
उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ। युवा अवस्थामा र उमेर ढल्किएपछिको यौन चाहना, गतिविधि एवं मजबुतीमा भिन्नता आउँछ। २० वा ३० वर्षको उमेरमा र ६० वर्षको उमेरमा हुने यौनसम्पर्कमा केही भिन्नता हुन्छ। २० वा ३० वर्षको उमेरमा बालबच्चा वा करियर महत्त्वपूर्ण पाटो हुन्छ, तर ६० वर्षको उमेरमा ती कुरा महत्त्वपूर्ण नहुन सक्छन्। यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ। प्रश्नमा उल्लेख भएअनुसार तपाईंकी श्रीमतीले तपाईलाई बुझ्ने प्रयास गर्नुभएको छ जुन तपाईंका लागि कुरा पक्ष हो। यस्तो सम्बन्धमा सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त राख्ने, चिन्ता नलिने र बूढयौलीसँगै आफूलाई अनुकूल बनाउँदै लाने हो भने पाको उमेरसँगै यौन आनन्दमा कमी नहुने अध्ययनहरूले देखाएका छन्। यी यस्ता कुरा हुन् जसले बुढयौलीको यौनजीवनलाई स्वस्थ र आनन्दित मात्र बनाउने होइन कि थप स्वस्थ र फुर्तिलो बन्दै जाने पनि हुन्छ। यो उमेरमा हुने यौनसम्पर्क वा जीवन पनि बोनस लाइफ जस्तै बन्दै गएको हुन्छ। जति बाँचिन्छ रमाइलोसँग दिनहरू बिताऔं भन्ने सोच विकास हुँदै गएको हुन्छ। चिन्ता नगर्दा मानसिक स्फूर्ति बढ्दै गएको हुन्छ भने मानसिक स्फूर्ति बढ्ने क्रमसँगै यौन आनन्दको उचाइ पनि बढ्दै जान्छ। अर्थात एक पक्षले अर्को पक्षलाई सहयोग गरिरहेको हुन्छ र जीवन रोमाञ्चक बन्दै जान्छ।
यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै छ, तर मानिसहरूले त्यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हो। यौन सम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बुढयौलीमा पनि सम्भव छ। फरक यति हो कि मानिसहरूले बुढयौलीसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन? मैले पहिले पनि भन्ने गरेकी छु, सेक्स मात्र महत्त्वपूर्ण कुरा होइन। यससँग धेरै पक्ष जोडिएका छन्। टचिङ, किसिङ, सेन्सिङ, मायामोह, भावना साटासाट आदि कुरा पनि यौनजन्य क्रियाकलापका अभिन्न पक्ष हुन्। उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिन्छ। उमेर बढ्दै जाने कुरा सामान्य हो। यससँगै यौनजन्य क्रियाकलापको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ। दोस्रो कुरा, उमेरलाई अगाडि जान दिइरहनुहोस् र यौनजीवनलाई आनन्ददायक बनाउनु, लाइट मुडमा रहनु, एक-अर्कालाई अझ बढी माया गर्नु, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राख्नु, आधुनिक बन्दै जानु, नयाँ-नयाँ सोच-विचार ल्याउनु तथा छलफल गर्नु, यौनजन्य क्रियाकलाप गर्नु, रमाइलो कल्पना गर्नु, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जक ठाउँमा जानु, धेरै लजालु नबन्नु र इमान्दार रहनु यौनजीवन फलदायी बनाउनु उपयुक्त उपाय हुन्। महिलाहरूको प्रजनन शक्ति त हुँदैन तर अन्यत्र यौनसम्पर्क गर्दा रोग लाग्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनुपर्छ। युवा यौनसम्पर्कभन्दा बुढ्यौली यौनसम्पर्क परिपक्व, सुरक्षित र सावधानीपूर्ण हुनु आवश्यक छ। अझ बढी ढुक्क हुन चिकित्सकसँग सम्पर्क गरी केही परीक्षण गराउनु आवश्यक हुन्छ तर यदि चिन्ता मात्र हो भने मनोविद्सँग परामर्श गर्न सकिन्छ।
- See more at: http://www.hamrosandesh.com/2014/06/9955.html#sthash.SatI4dgx.dpuf

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget