news and more entertainment

एलडीएलले क्यान्सर फैलाउँछ

 
शरीरमा क्यान्सर एक स्थानबाट अर्को भागमा फैलिन सुरु गरेमा त्यस अवस्थालाई चिकित्सा विज्ञानमा मेटास्टेटिस भनिन्छ ।  मेटास्टेसिस क्यान्सरको उपचार निकै कठिन हुन्छ ।  विश्वमा पहिलो पटक मेटास्टेसिस क्यान्सरमा भूमिका खेल्ने मुख्य दोषीको पहिचान गरिएको जानकारी सेल जर्नलमा दिइएको छ ।  अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानबाट खराब कोलेस्टेरोलले मेटास्टेसिस अवस्थामा पु¥याउन भूमिका खेल्ने पत्ता लागेको छ ।
सामान्य कोषहरूले असामान्य व्यवहार देखाउन सुरु गरी अनियन्त्रित वृद्धि र विभाजन भई ट्युमर बनेर क्यान्सरको प्रारम्भ हुन्छ ।  यदि उपचार समयमै भएन भने क्यान्सरका कोष सुरुको ट्युमरबाट बाहिर निस्केर शरीरका अन्य अङ्ग वा तन्तुमा पुगी त्यहाँ पनि वृद्धि हुन थाल्छन् ।  जुन अवस्था मेटास्टेसिस हो ।  मेटास्टेसिस क्यान्सरबाट मृत्युको प्रमुख कारण हुन्छ ।  त्यसैले क्यान्सरको उपचार प्रभावकारी बनाउने हो भने मेटास्टेसिस बारेमा राम्रोसँग बुभ्mनु जरुरी छ ।  क्यान्सरजन्य कोषहरूलाई सुरुको ट्युमरबाट बाहिर निस्केर अन्य भागमा जान सहयोग गर्ने पक्ष खोज्न वैज्ञानिकहरू धेरै पहिलेदेखि लागिपरेका छन् ।
शरीरमा कोषहरू सतहमा हुने तत्व इन्टिग्रेन्सले गर्दा आपसमा टाँसिएर बस्ने गर्छन् ।  त्यही इन्टिग्रेन्सको सहयोगमा क्यान्सर कोषहरू ट्युमरबाट निस्केर शरीरको अन्य भागमा गएर वृद्धि हुने तथ्य हालेका वर्षमा वैज्ञानिकले पत्ता लगाएका छन् ।  यसैकारणले इन्टिग्रेन्सलाई रोकेर क्यान्सरजन्य कोषलाई अन्यत्र जानबाट रोक्न सकिने भनी समाधान खोज्ने प्रयास भइरहेको छ ।  नयाँ अनुसन्धानले खराब कोलेस्टेरोलको सहयोगमा इन्टिग्रेन्स गतिशील हुने तर राम्रो कोलेस्टेरोलले तिनीहरूलाई कोषभित्र रहन बाध्य पार्ने खोज गरेको छ ।  खराब कोलेस्टेरोल एलडीएलले इन्टिग्रेन्सलाई एक ठाउँबाट अर्को ठाउँमा जान सहयोग गर्ने भएकाले क्यान्सरजन्य कोषको ओसारपसारमा यसको स्पष्ट भूमिका देखिएको छ ।  यसले नै क्यान्सरलाई मेटास्टेसिसको अवस्थामा पु¥याउने अनुसन्धान टोलीको भनाइ छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget