news and more entertainment

दैनिक दूध सेवन हाडजोर्नीका लागि लाभदायक...

 घुँडाको जोर्नी सुन्निने, ओष्टियोआर्थराइटिसजस्ता दुखाईजन्य रोगको पूर्ण उपचार हालसम्म फेला परिसकेको छैन । तर, दैनिक दूध सेवनले हाडजोर्नीको रोग निको पार्न मद्दत पुग्ने अनुसन्धानकर्ताहरुले जनाएका छन् ।


 ‘आर्थराइटिस केयर एण्ड रिसर्च’ नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार नियमित रुपमा चिल्लोरहित दूधको सेवन गर्ने महिलामा घुँडाको ओस्टियोआर्थराइटिस ढिलो गरी भएको पाइएको थियो ।

तर, चिज सेवन गर्नेमा भने रोग चाँडो लागेको पाइएको थियो । तर, पुरुषमा भने यस्तो तथ्य नपाइएको अनुसन्धानकर्ताको भनाई छ । दही सेवन भने ओष्टियोआर्थराइटिस बढ्ने या घट्नेसंग संबन्धित नरहेको पाइएको छ । अहिलेसम्म ओष्टियोआर्थराइटिस निको पार्ने कुनै औषधि निस्किएको छैन ।

 दुख्ने समस्याबाट मुक्ति पाउन फिजियोथेरापी, तौल नियन्त्रण तथा औषधि सेवनको सल्लाह दिइन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार सन् २००५ सम्ममा अमेरिकामा २५ वर्षसम्मका २ करोड २७ लाख वयस्कहरु ओष्टियोआर्थराइटिसको समस्याबाट पीडित थिए ।

 वैज्ञानिकका अनुसार ८५ वर्षको उमेरसम्ममा २ जनामध्ये एक जनामा ओष्टियोआर्थराइटिस हुन सक्छ भने ३ मध्ये २ जना मोटा व्यक्ति पनि यस्तो समस्याबाट पीडित हुन सक्छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget