एजेन्सी । सडकबालबालिका प्रयोग गरी विदेशी ग्राहकका लागि अश्लील चलचित्र
निर्माण गरेको आरोपममा बङ्गलादेशका प्रहरीले टिपु किब्रिया उपनाम राख्ने
चर्चित लेखक ए.वाई.एम. फक्रुजमानलाई पक्राउ गरेको छ ।
प्रहरीको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको सूचनाका आधारमा तीन अन्य
सहयोगीका साथमा गत साता फक्रुजमानलाई पक्राउ गरिएको जानकारी दिएको छ ।
प्रहरीको अपराध अनुसन्धान विभागका एक वरिष्ठ अधिकारी साह अलामले इन्टरपोलले
दिएको सूचना अनुसार निजलाई तत्कालै कारवाही भएको जानकारी दिए । यी अपराध
सन् २००५ देखि आरम्भ भएको बताइएको छ ।
४७ वर्षीय किब्रियाले ५० भन्दा बढी पुस्तक लेखेका छन् । उनका छवटा
त्रासदीजन्य उपन्यास युवा तथा वयस्कमा सबैभन्दा बढी बिक्री भएका पुस्तक
बनेका छन् । उनले वर्षौसम्म युवाका लागि पत्रिका सम्पादन गरेका थिए ।
ढाकाको मुग्दामा किब्रियाको स्टुडियोमा सडकबालबालिकाका हजारौँ अश्लील फोटो
तथा भिडियो प्रहरीले फेला पारेको छ । अलामले आफूहरूले फेला पारेको कुरा
आफ्नो कल्पनाभन्दा बाहिरको विषय भएको र यी कुरालाई व्यवस्थापन गर्न नै केही
साता लाग्ने जानकारी दिए ।
Post a Comment