मुम्बई ( एजेन्सी)– निर्माता आदित्य चोपडासँग विवाह गरेपछि अभिनेत्री रानी
मुखर्जीले यशराज प्रोडक्सन हाउसको सबै काम हेर्ने खबरमा आएको थियो । यद्यपी
यसमा रानीको बिचार भिन्न छ ।
रानी भन्छिन् कि उनी अफिसको काम सम्हाल्नुभन्दा घर सम्हाल्न चाहन्छिन् । रानीले आफ्नो आउने फिल्म ‘मर्दानी’ को ट्रेलर लञ्च गर्ने क्रममा संवाददातासँग भनिन्, ‘घरको सत्ता बढि शक्तिशाली हुन्छ, विशेषगरी किचन ।’
‘प्रोडक्सन हाउसमा त धेरै सक्षम मानिसहरु छन् । आदिले अफिस हेरिरहेका छन्, मलाई लाग्छ कि उनलाई अफिसको काममा कसैको पनि आवश्यकता छैन । म अफिसभन्दा घरको हेरबिचार गर्न चाहन्छु , ’ रानीले बताइन् ।
विवाह पछि पनि आफूलाई रानी मुखर्जी नै भनेर बोलाइनुपर्ने उनको धारणा छ । उनले भनिन्, ‘विवाहले मेरो नाम परिवर्तित गराएको छैन । तपाईंहरुले मलाई रानी भन्न सक्नुहुनेछ ।
मलाई रानी मात्र भनेको मनपर्छ । ’ रानीले भनिन् कि उनलाई आफ्नो नाम निकै मनपर्छ त्यसैले उनले यसलाई बदलेकी छैनन् ।
‘मलाई फिल्ममा पनि मेरा प्रशंशकहरुले रानी मुखर्जी भनेर चिन्दछन् र मलाई लाग्छ मेरो यो पहिचान भविष्यमा पनि यहि रहिरहनेछ ।
भविष्यमा जब म मेरा बच्चाहरुलाई स्कुलमा हाल्नेछु तब त्यतिबेला शायद म आफ्नो थर परिवर्तन गर्छु होला । तर म मेरा प्रशंशकहरुका लागि सधैँ रानी मुखर्जी नै रहिरहनेछु ।’
रानीका अनुसार आदित्य एकान्त प्रेमी हुन् । उनलाई एक्लै बस्न मनपर्छ । रानी भन्छिन्, ‘हामी सधैँ सँगै बस्छौँ, सँगै बाहिर जान्छौँ । तर उनी यताउता जानुभन्दा आफ्नो काम गरिरहन मनपराउँछन् ।
उनी पहिलेदेखि नै यस्तै थिए र विवाहपछि उनको यो बानीमा परिवर्तन आउँछ जस्तो मलाई लाग्दैन ।’
Post a Comment