news and more entertainment

८५ वर्षमा छोरो !

अर्घाखाँची,आसार१२–उमेर त पनातिपनातिनी खेलाएर बस्नु पर्ने हो । तर जवान नातिनानातिनीका हजुरबा भइसकेका पदमपाणी खनालले बुढ्यौलीमा छोरो जन्माएर सबैलाई चकित पारेका छन् । मुजा परेको मुहार,सेताम्मे दाह«ी कपाल र कुप्रो ज्यानका ८५ वर्षीय खनालले बच्चा जन्माएको सुनेर हेर्ने र बधाइ दिने घरमा ओइरिएका छन् ।
१३ वर्षअघि छोरी जन्माएकी ४० वर्षीया श्रीमती कमलाले शुक्रबार बुटबल अस्पतालमा ३ किलोको छोरा पाएकी हुन् । एक छोरा,तीन छोरी र ५ नातिनातिना हुर्काइसकेको काखमा पदमपाणिले अब छोरो खेलाउने भएका छन् । बुढेसकालमा पुत्रलाभ भएपछि परिवारमा खुसियाली छाएको छ ।
‘गाउँलेले फुलमाला र अबिर लगाएर बधाई दिए । मर्ने बेलाको खुसी हो यो,हामो इच्छा पुरा भयो’,उनले टेलिफोनमा भने,‘उमेर छँदा छोरा जन्माउन निकै प्रयास गर्यौं तर सफल भयो ।’
श्रीमती गर्भवती भएपछि छोरा वा छोरी भनेर परीक्षण नगराएको उनले बताए । नवजात छोराप्रति कमलाको महत्तवकांक्षी अपेक्षा छ । ‘बुढेसकालमा जन्मेको छोरो ठुलो मान्छे बन्छ’, उनले चाहना सुनाईन्,‘प्रधानमन्त्री बनाउने इच्छा छ । धेरैजसो प्रधानमन्त्री गाउँका गरिवकै छोरा भएका छन् ।
’बुढेसकालमा बच्चा पाएको देखेर बधाइ दिन आउने पनि अचम्ममा परेका छन् । ‘यस्तो उमेरमा पनि गर्भ रहेकामा अचम्म लागेको छ,’छिमेकी खुमानन्द अर्यालले भने,‘अहिलेसम्म यस्तो भएको थाहा थिएन।’
ढल्कदो उमेरमा शुक्रकिट सक्रिय भइरहे गर्भ रहने जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. कृष्णहरि सुवेदीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget