प्रेममा मानिस कतिसम्म पागल हुन्छन् भन्ने कुरा एक युवकले प्रमाणित
गरिदिएका छन्। आफूले मन पराएकी युवतीले बिहे गर्न अस्विकार गरेपछि आक्रोशमा
आएका लमजुङ निवासी ती युवकले प्रयास असफल भएपछि आफैंमाथि छुरी प्रहार
गरे।
घटना सोमबारको हो। बिहेको तयारीमा रहेकी गोरखा पालुङटारकी सोविता देवकोटा र
उनको डुम्रेमा भेट भयो। दुबैले एक अर्कालाई प्रेम गरेको दाबी गर्ने लमजुङ
बाँझाखेतका २६ वर्षीय दीपक रिमालले देवकोटालाई आफैसँग बिहेको प्रस्ताव
भेटमा गरे। तर, बिहेको तयारी गरि सकेकी रिमालले अस्वीकार गरिन्।
आफू साथी मात्र भएपनि उनले दबाब दिएपछि अस्वीकार गर्दा छुरी हान्न लागेपनि
भाग्यवस उम्किएको उनले बताइन्। स्थानीय प्रेम होटलमा दुबैबीच बिहेको
विषयमा विवाद चलेपछि आफूसँग बिहे नगरे कसैसँग गर्न नदिने भन्दै रिमालले
देवकोटामाथि छुरी हानेका थिए। तर उनले छुरीबाट जोगिंदै भागेपछि रिमालले
आफैंलाई छुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
घाइते रिमालको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ।
इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रहरी निरीक्षक राजकुमार
शिलवालले दुबैबीच प्रेम भएको तर प्रेमिका देवकोटाले विवाह गर्न अस्वीकार
गरेपछि आक्रोशमा आएका युवकले घटना घटाउन खोजेपनि उनी उम्केको बताए।
युवकले प्रेमिका भएको दाबी गरेपनि देवकोटाले साथी मात्र भएको तर बिहेकेा दबाब दिएपछि आफूले अस्वीकार गरेको बयान दिएकी छन्।
Post a Comment