news and more entertainment

फिल्ममा दुइ हट आइटम हुदा ‘कस्तो टेन्सन


२ सोमबार,काठमाण्डौ । प्रसङ्ग ‘फिल्म कस्तो टेन्सन’को हो । आगामी असार ६ गते देखि प्रदशनमा आउने यो फिल्ममा दुइ हट आइटम छन् । मोनिका दाहाल र बिनिता घिमिरे दुइ हट नवनायीका संगै देखिदैछन् । हट भए पनि रिलिजको हिसाबले बिनिताको यो पहिलो फिल्म हुनाले हट आइटम बिक्छ नै भन्ने कुनै निश्चित छैन तथापि यी दुइ आइटमको आडमा रहेर निर्माण पक्षले फिल्म चलाउन लागिएको छ । मोनिकाले यस पहिले खेतला नामक फिल्म खेलेकी भए पनि उनको खेतलाले केही गर्न सकेन । स्वयम फिल्मीकर्मीलाई समेत नाम निसाना थाहै हुन नसकेको फिल्मका कारण जतिनै खुलेर प्रदशन गरे पनि केही नहुने कुरा उनले बुझिसकेको हुनुपर्दछ ।  कमजोर प्रचार प्रसार रहेको यो फिल्म ‘मिसन चार सय बिस’संग प्रतिस्प्रधा गर्दैछ । शिब घिमिरेको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई नारायण मैनालीकोले निर्माण गरेका हुन् । यो फिल्ममा मोनिका र बिनिता सहित राज क्षितिज ,आनन्द पुन ,राज गजमेर,ओम क्षेत्री,भूवन भूजेल लगायतका कलाकारले अभिनय गरेका छन् ।यी दुबै हट नायिकाको लागि यो फिल्म निर्णयक हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget