
बुढडीकी १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बुढडी गाविस २ का पाँच किशोरलाई पक्राउ गरेको छ। आफ्नै प्रेमी १८ वर्षीय मन्दीप थारूले झुक्याएर आफूसँग अन्य चारजना साथीलाई सामुहिक बलात्कार गरेको उजुरी युवतीले प्रहरीसमक्ष दिएकी छिन्।
फरार रहेका ती युवा कपिलवस्तु प्रहरीले १७ दिनपछि नेपाल-भारत सिमावर्ती क्षेत्र सोमडिहको मर्यादपुरबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। किशोरीले दिएको हुलियाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा प्रेमी भनिएका १८ वर्षका मन्दिप थारु, उनका साथी १७ वर्षका भोनु भन्ने शंकरदेव थारु, वजरंगी थारु , सुनिल थारु र वर्ष २१ का राधेश्याम थारु रहेका छन्। उनीहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
प्रहरी उपरीक्षक रविन्द्रप्रसाद शर्माले पक्राउ परेका आरोपितहरूलाई अदालतमा लगेर म्याद थप गराइएको र विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। बलात्कार गरेपछि उनीहरू भागेर मुम्बई पुगेका थिए। भारतीय प्रहरीसमेतको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो।
Post a Comment