news and more entertainment

विश्वकपमा सहभागी फुटबलरको नांगो फोटोले हंगामा (फोटो सहित)

एजेन्सी । विश्वकप फुटबल सुरु भएसंगै नयाँ–नयाँ विवादहरु आउन थालेका छन् । फ्रान्सले खेलको तयारी गरिरहँदा त्यसको जासुसी भएको आरोप लगाएको छ ।

यस्तै विश्वकपको उद्घाटन खेलमा आयोजक ब्राजिलसंग पराजित भएको क्रोएसियाका एक फुटबलरको नांगो फोटो इन्टरनेटबाट सार्वजनिक भएपछि टिमले मिडियालाई नै बहिस्कार गरेको छ ।

पहिलो खेलमा ब्राजिलसँग ३–१ ले पराजित भएको क्रोएसियाले बुधबार क्यामरुनसँग प्रतिस्पर्धा गर्दै छ । क्रोएसियाका खेलाडीहरु बसेको होटलमा लुकेर बसेका फोटोग्राफरले होटलको स्विमिङ पुलमा गएको समयमा खिचेर सार्वंजनिक गरिदिएको अनुमान छ ।

टिमका सेन्टर ब्याक डेजेन लावरेन र डिफेण्डर वेडरन कारलुका फोटोमा देखिएका छन् । यस विषयमा क्रोएसियाका प्रशिक्षकले भने तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । उनले यस विषयम कुनै पनि प्रतिक्रिया नदिने पनि बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget